Logo

२ अर्ब ६६ करोड डलर बेचेर १ खर्ब ६४ अर्ब भारु खरीद, गतवर्षभन्दा २३ अर्ब बढी

२ अर्ब ६६ करोड डलर बेचेर १ खर्ब ६४ अर्ब भारु खरीद, गतवर्षभन्दा २३ अर्ब बढी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२५ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो नौ महिनामा २ अर्ब ६६ करोड अमेरिकी डलर बेचेर १ खर्ब ६४ अर्ब ९ करोड ५३ लाख भारु खरीद गरेको छ । भारतसँगको व्यापार निर्भरताका कारण केन्द्रिय बैंकले डलर बेचेर भारतीय केन्द्रिय बैंकसँग भारु खरीद गर्ने गरेको छ । नेपालको बाह्य ब्यापारमध्ये करीब दुई तिहाइ हिस्सा भारतसँगको व्यापारमा छ । त्यसमा पनि आयातमा निर्भर व्यापार संरचनाका कारण केन्द्रिय बैंकले स्वदेश भित्रने विदेशी विनिमयको ठूलो हिस्सा भारु खरीदमा प्रयोग गर्नु परिरहेको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।

केन्द्रिय बैंकले गत आवको सोही अवधिमा २ अर्ब २८ करोड अमेरिकी डलर विक्री गरेर १ खर्ब ४१ अर्ब ६ करोड ४३ लाख भारु खरीद गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसरी हेर्दा गत वर्षको तुलनामा यो वर्षको चैत मसान्तसम्ममा ३८ करोड डलर थप विक्री गरेको छ भने गत वर्षभन्दा २३ अर्ब ३ करोड भारु बढी खरीद गरेको छ । व्यापार घाटा उच्च दरले बढ्दै गएपछि राष्ट्र बैंकले भारु खरीद बढाएको हो । नेपालीले विदेशमा काम गरेर पठाउने रेमिट्यान्स, पर्यटक र निर्यातबापत प्राप्त हुने अमेरिकी मुद्रा बेचेर राष्ट्र बैंकले उपभोग्य सामाग्रीको खरीदका लागि भारु किन्नु परिरहेको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।

राष्ट्र बैंककै तथ्याङ्क अनुसार गत चैत मसान्तसम्ममा भारततर्फ हुने वस्तु निर्यात गत वर्षको तुलनामा ८ दशमलव २ प्रतिशत घटेको छ भने भारतबाट हुने वस्तु आयात ४ दशमलव ६ प्रतिशत बढेको छ । यसरी ४१ अर्ब ६० करोड ५४ लाखको वस्तु निर्यात गरेर ३ खर्ब ६४ अर्ब ७५ करोड ७९ लाख रुपैयाँको वस्तु आयात गर्ने नेपाल–भारत व्यापारमा नेपालले ३ खर्ब २३ अर्ब १५ लाख २५ हजार रुपैयाँको फराकिलो व्यापार घाटा बहन गर्नुपरेको छ । बैदेशीक व्यापारको यतिठूलो ‘ग्याप’ लाई भुक्तानी सुन्तुलन गर्न राष्ट्र बैंकले डलर बेचेर भारु खरीद गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL