Logo

पेट्रोलिम पदार्थको मूल्य वृद्धि फिर्ता, चौतर्फि दवावपछि निगम पछि हट्यो

पेट्रोलिम पदार्थको मूल्य वृद्धि फिर्ता, चौतर्फि दवावपछि निगम पछि हट्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१८ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्गको मूल्य वृद्धि गर्ने निर्णय फिर्ता लिएको छ ।

निगमले सोमवार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थाको भाउ प्रतिलिटर २/२ रुपैयाँका दरले बढाएको थियो । तर, भुकम्पको बेला मूल्य वृद्धि गरिएको भन्दै चौतर्फी दाबब आएपछि निगम पछि हटेको हो ।

पेट्रोलियम पदार्थको भाउ बढाउने निर्ण फिर्ता लिइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । अब पुरानै मूल्यमा पेट्रोलियम पदार्थ उपलब्ध हुने छ । हाल पेट्रोलको भाउ प्रति लिटर १ सय ९ रुपैयाँ रहेको छ । त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य भने प्रतिलिटर ८६ रुपैयाँ रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL