Logo

पाईलटले कम तलब बुझेपछि सिस्टम परिवर्तन गर्दै निगम, पाइलटलाई बोलाईयो छलफलमा

पाईलटले कम तलब बुझेपछि सिस्टम परिवर्तन गर्दै निगम, पाइलटलाई बोलाईयो छलफलमा



काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलट तथा इन्जिनियहरूले जेठ र असारको तलब ५६ रुपैयाँ भन्दा कम बुझे पछि निगमले सिस्टम परिवर्तन गर्न लागेका छन ।

laxmi

‘पाईलटहरुले हरेक बर्ष सिमुलेटर जानु पर्ने हुन्छ । संधै भाग लगाएर दिने कुरा पनि भएन,’ निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने, ‘अब पहिले देखीनै कर काट्नको निम्ती नयाँ सिस्टम राख्न लागेका छौं । पछि बढी गयो भने काट्न मिल्दैन र फिर्ता पनि आउँदैन । फिर्ता ल्याउन धेरै गाह्रो हुन्छ ।’

उनका अनुसार अहिले त्यस्तो नहोस भनेर नयाँ सिस्टम लागू गर्न लागिएको छ । जसले गर्दा हरेक महिना कर कट्टी हुने र हरेक बर्षको अन्तिम ४ महिनामा कुनै पनि पाईलट शुन्य तलबमा बस्नुपर्ने छैन । तर सामाजिक संजालमा मैले यति मात्रै तलब बुझे भनेर भन्नु भन्दा पनि जसले सरकारलाई कति कर बुझाएको छ उनीहरुले गर्व गर्नु पर्ने उनको भनाई थियोे ।

पाईलटको तलब निश्चित नहुने भएकाले हरेक महिना कर कट्टी गर्न समस्या रहेको उनले जानकारी दिएका छन । प्रशाशनिक कर्मचारीको निश्चित तलब तोके पनि पाईलटको भने उडानको आधारमा हुने भएकाले पनि बर्षको अन्तिममा मात्रै कर बुझाउँदा उक्त समस्या आएको हो ।

निगमका एक वरिष्ट पाइलटको असारमा मात्रै ४ लाख ६९ हजार ६ सय ४५ रुपैयाँ कर कट्टी गरिएको छ । त्यस्तैगरी जेठमा ६ लाख १४ हजार २ सय ८८ रुपैयाँ करकट्टी गरिएको छ । यसरी कर कट्टी गरे पछि उक्त पाईलटले जेठको तलब ५६ रुपैयाँ मात्रै बुझेको बुझिएको छ ।

पाईलटहरुलाई त्यस्तो नहोस भनेर निगमले सिस्टम प्रोभाईडरलाई सोमबार निगममा बोलाईएको छ । निगमका अनुसार पाईलटलाई अन्तिममा आएर करको भारी नहोस भनेर छलफलका लागि बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL