Logo

कृषिप्रधान देशमा उच्च आयातको छैठौं स्थानमा चामल, यी हुन बढी आयात हुने १० बस्तु

कृषिप्रधान देशमा उच्च आयातको छैठौं स्थानमा चामल, यी हुन बढी आयात हुने १० बस्तु



काठमाडौं । कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी जनता कृषि पेशामा संलग्न रहेको देशमा ९ महिनामा चामलमात्रै २५ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने विभिन्न नेताहरुको भाषणमा सिमित नारा र ल्याइएका कार्यक्रम पनि कार्यान्वयन हुन नसक्दा कृषिजन्य बस्तुको आयात उच्च भईरहेको छ । पछिल्लो समय नेपालमा कृषिजन्य बस्तुको उत्पादन पनि खस्किएको देखिन्छ । चालू आर्थिक बर्षको ९ महिनामा आयात हुने उच्च छैठौं बस्तुको सूचीमा चालम परेको छ ।

laxmi

तथ्याङ्क अनुसार उच्च आयात हुने बस्तुको सुचीको पहिलो स्थानमा पेट्रोलियम पदार्थ परेको छ । चालु आबको ९ महिनामा मात्रै १ खर्ब ५४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोलियम पदार्थले मात्रै ९ महिनाको कुल ब्यापार घाटाको १२ प्रतिशत हिस्सा ओगटेको छ । यस्तै उच्च आयात हुने बस्तुको दोस्रो स्थानमा सवारीसाधन तथा पार्टपुर्जा रहेको छ । सो अबधिमा ७७ अर्ब रुपैयाँ बराबरको सवारीसाधन तथा पार्टपूर्जा आयात भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आबको ९ महिनामा आयात भएका बस्तुमध्ये १० बस्तुले मात्रै समग्र ब्यापार घाटाको ४५ प्रतिशत हिस्सा ओगटेका छन । पछिल्लो ९ महिनामा ब्यापारघाटा अघिल्लो बर्षको तुलनामा २१ दशमलव ६ प्रतशतले वृद्धि हुँदै ९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । यस्तै उच्च आयात हुने १० बस्तुले मात्रै समग्र ब्यापारघाटामा ४ खर्ब ४५ करोड रुपैयाँ ओगटेको छ ।

नेपालमा तरकारी, विभिन्न तेलजन्य पदार्थ, खानेतेल लगायतका बस्तुहरु पनि उच्च मात्रामा आयात भएको देखिन्छ । नेपाल सरकारले आयात प्रतिस्थापन गर्दै ब्यापारघाटा घटाउने उद्देश्य राखेपनि सोही अनुसार आयातमा प्रतिस्थापन तथा बस्तुहरु उत्पादनमा कमि आउँदा ब्यापारघाटा चुलिँदै गएको छ । ब्यापारघाटाको करिव ६५ प्रतिशत हिस्सा छिमेकी राष्ट्र भारतसँग मात्रै भएको देखिन्छ ।

यस्तै उच्च आयात हुँदै ब्यापारघाटा बढाउने उच्च १० आयातित बस्तुको सूचीमा भारतीय बस्तुको बर्चश्व बढी नै रहेको देखिन्छ । आयात हुने उच्च १० बस्तुको सूचीमा ६ ओटा बस्तु भने भारतीय रहेका छन ।

यस्तै चीन तथा अन्य देशबाट आयात हुने बस्तुमा भने सुन, हवाईजहाज, तयारी कपडा लगायतका बस्तुहरुको उच्च आयात रहेको पाईन्छ ।

यी हुन उच्च आयात भएका १० बस्तुहरु (रु १० लाखमा)

प्रतिक्रिया दिनुहोस्
MBL