Logo

सुकेधारामा पनि बाजेको सेकुवा, आउटलेट संख्या ९ पुग्यो, विदेशमा पनि शाखा खोल्दै

सुकेधारामा पनि बाजेको सेकुवा, आउटलेट संख्या ९ पुग्यो, विदेशमा पनि शाखा खोल्दै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

३ बैशाख, काठमाडौं । बाजेको सेकुवाले सुकेधारमा पनि शाखा संचालनमा ल्याउने भएको छ । सेकुवा र तासको पारखीहरुका लागि यहि बैशाख ४ गतेदेखि देखि सुकेधारामा फ्रेञ्चाईज आउटलेट संचालनमा ल्याउन लागिएको बाजेको सेकुवाका प्रमुख कार्यकारी अधिकृत सुशिल खड्काले बताए । ‘हामीले पछिल्लो समय बाजेको सेकुवालाई देशभर पर्याउने लक्ष्यका साथ अघि बढिरहेका छौं,’ उनले भने, ‘तसर्थ आफ्नै लगानीमा आउटलेट खोल्नु भन्दा पनि फ्रेन्चाईजी मोडललाई प्राथमिकता दिएर अघि बढेका छौं ।’

सुकेधारस्थित उक्त आउटलेटबाट रेष्टुराँको सर्वाधिक लोकप्रिय सेकुवा र तास लगायत विविध नेपाली खाजा तथा खानाको स्वाद लिन पाउने भएका छन् । फ्रान्चाईज मोडलमा आधारित सुकेधारास्थित यो शाखा बाजेको सेकुवाको काठमाण्डौं उपत्यकाभित्रको दोश्रो फ्रेन्चाईज हो । बाजेको सेकुवाले काठमाण्डौं उपत्यकाभित्र आफ्नो पहिलो फ्रेन्चाईज सातदोबाटोमा गत वर्ष खोलेको थियो ।

बाजेको सेकुवाको हालसम्म आफ्नै ६ वटा शाखा संचालनमा रहेका छन् भने भोली खुल्ने शाखा सहित ३ वटा फ्रेन्चाइज आउटलेट रहनेछन् । कम्पनीले आफ्नो पहिलो फ्रेन्चाईज पोखराको नागढुङ्गामा खोलेको थियो । आगामी वर्ष थप नयाँ फेन्चाईज आउटलेटहरु खोल्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।

बाजेको सेकुवाका फ्रान्चाईजहरु बाजेको भेन्चर नामक कम्पनीको व्यवस्थापन अन्र्तगत सञ्चालन हुन्छन् । नेपाली घरेलु कम्पनीले फ्रान्चाईज मोडलमा देशभरि शाखा विस्तार गरेको सम्भवतः यो नै पहिलो भएको बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले बताए । सुकेधारमा खुल्न लागेको नयाँ फ्रान्चाईज बाजेको सेकुवाका होमनाथ घिमिरे र पबिन थापाको स्वामित्व रहेको छ ।

sekuwa-bajeko

कम्पनीले चालू आवभित्र थप २ नयाँ फ्रेन्चाइज आउटलेज संचालनमा ल्याउने भएको छ । बाजेको सेकुवाले यही र्बैशाख १६ गतेदेखि भरतपुरमा नयाँ फ्रेन्चाईज शाखा संचालनमा ल्याउने भएको छ भने चालू आवको अन्त्यमा काठमाडौंको लाजिम्पाटमा संचालमा ल्याउने जानकरी दिएको छ । साथै, बाजेको सेकुवाले नेपाली उपभोक्ताका लागि सुपरमार्केट र खुद्रा पसलहरु मार्पmत निकट भविष्यमा प्याकेट मिट तथा मसला पनि बजारमा ल्याउने तयारी गरीररहेको खड्काले जानकारी दिए ।

आगामी आवमा ८ वटा फ्रेन्चाईज शाखा खुल्दै

कम्पनीले आगामी वर्षभित्र देशभर ८ वटा फ्रेन्चाइज शाखा खोल्ने भएको छ । सेकुवार तासका पारखीहरुलाई बाजेको सेकुवाको स्वाद दिनका लागि देशभर शाखा खोल्न लागिएको कम्पनी सीइओ खड्काले बताए । ‘नेपालमै कम्पनी खोलेर आफ्नै ब्राण्ड क्रियट गरी फ्रेन्चाईज शाखा खोल्ने हामी नै पहिलो हो,’ उनले भने । अवको ५ वर्षभित्र देशका सम्पूर्ण शहरहरुमा बाजेको सेकुवा खान पाइने समेत उनको भनाइ छ ।

विदेशमा पनि शाखा विस्तार गर्दै

बाजेको सेकुवाले विदेशमा पनि आफ्नो शाखा विस्तार गर्ने भएको छ । नेपालमा लोकप्रिय बनिसकेको बाजेको सेकुवालाई आगामी दिनमा विदेशमा पनि विस्तार गर्न लागिएको हो । हाल मध्यपूर्वी देश, एसिया प्यासिफिक र मेलशियामा फ्रेन्चाईज शाखा विस्तार गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL