Logo

नाम, दाम र प्रतिष्ठाका लागि मोवाइल व्यवसायमा लागे

नाम, दाम र प्रतिष्ठाका लागि मोवाइल व्यवसायमा लागे


रामराजा श्रेष्ठ
0
Shares

पुरुषोत्तम बस्नेत
अध्यक्ष, टेली टू प्राली

laxmi

 कुन व्राण्डको मोवाइल प्रयोग गर्नु भएको छ ?
आफु हुवावेको आधिकारिक विक्रेता परे । हुवावे नै प्रयोग गरिन्छ र यो स्तरिय पनि छ ।

अन्य ग्याजेट्स नि ?
उपलब्ध भएसम्म त हुवावे नत्र सोनी को प्रयोग गर्छु ।

बिहान कतिबजे उठिन्छ ?
६ बजे उठ्छु ।

त्यसपछी ?
फ्रेस हुन्छु अनि मर्निङवाक जान्छु ।

अफिस कति बजे गइन्छ ?
अफिस प्राय १० बजे पुग्छु । बेलुका ८ बजेसम्म पनि अफिसमै हुन्छु ।

मनोरन्जनका लागि के गर्नु हुन्छ ?
फेसबुक चलाउँछु । अनि मोवाइलमै गेम खेल्न मनपर्छ ।

फिल्म कतिको हेरिन्छ ?
मलाइ फिल्म हेर्न मन पर्छ तर व्यस्थताले गर्दा हेर्न भ्याइदैन । तर, मन परेका फिल्म मोइलमा डाउनलोड गरेर हेर्छु ।

पछिल्ले समय हेरोको फिल्म कुन हा े?
मैला पछिल्लो समय श्रीकृष्ण श्रेष्ठको कोहिनुर फिल्म हेरेको थिए । त्यस्तै हिन्दीमा सलमान खानको किक फिल्म हेरे ।

मनपर्ने हिरो ?
नेपालीमा राजेश हमाल हिन्दीमा सलमान खान ।

नायिका ?
माधुरी दिक्षीत ।

भ्रमणका लागि कहाँ जानुहुन्छ ?
चाइना, हङकङ, इण्डिया जान्छु । नेपालमा प्राय पोखरा, चितवन र जोमसोम जान्छु ।

मनपर्ने ठाउँ ?
नेपालको जोमसोम र भारतको गोवा ।

व्यवसायका लागि कस्ता पुस्तक पढ्नुहुन्छ ?

खासै पुस्तक पढिँदैन । तर, पत्रपत्रिकामा आएका सफल व्यवसायीहरुको अन्तर्वाता पढ्छु । त्यस्तै अन्तरराष्ट्रिय स्तरको अर्वपतिहरुको जीवनी पनि बढ्छु ।

व्यवसायमा लागेको कति बर्ष भयो ?
१५ बर्ष भयो । तर, मोवाइल व्यवसाय शुरु गरेको चाहिँ ११ बर्ष भयो । पहिला कम्प्युटर तथा स्टेसनरीको व्यवसाय थियो । नाम, दाम र प्रतिष्ठाका लागि मोवाइल व्यवसाय सुरु गरे ।

कतिको सफल भए जस्तो लाग्छ ?
व्यवसायमा सफल असफल भन्दा पनि सन्तुष्टीको भुमिका हुन्छ । म आफ्नो व्यवसायबाट सन्तुष्ट छु ।

नेपाली व्यवसायीहरुको नराम्रो पक्ष ।
स्थिरतामा कमी छ । देखासिखि गर्ने प्रवृति छ । त्यस्तै विजनेश सम्वन्धि ज्ञान नभएको देखिन्छ ।

राम्रो पक्ष ?
नेपाली व्यवसायीमा छलकपट अलि कम नै हुन्छ । त्यस्तै उनीहरुले ग्राहकसँग डील गर्ने तरिका पनि राम्रो लाग्छ ।

मोवाइल व्यवसायमा सफलता हात परिसक्नुभयो । सफल व्यवसायको सुत्र के हो ?

सुरुमा व्यवसाय गर्दा लगानी सुरक्षाको जानकारी हुनुपर्छ । सहि स्थानको पहिचान तथा विजनेश टेक्निक अर्को महत्वपूर्ण सुत्र हो । उत्पादनबारे जानकारी तथा मिडिया क्याम्पेन तथा विज्ञापन पनि गर्नुपर्छ ।

मनपर्ने व्यवसायी ?
मलाई नेपालमा विनोद चौधरी सवैभन्दा मनपर्ने व्यवसायी हुन् । म वहाँबाट प्रभावित छु । नेपालमा चर्चामा आएका महिला व्यवसायीहरु खासै छैनन् । पछिल्लो समय केही मात्र आउन थालेका छन् । त्यसमध्येमा भवानी राणा मन पर्छ ।

तपाईको लक्ष्य ?
मेरो खासै ठूलो लक्ष्य त छैन । तर सफल व्यवसायी बन्ने तथा भविष्यमा प्रडक्टीभ काम अगाडी बढाउने लक्ष्य छ ।

नेपालमा मोवाइल व्यवसायको समस्या के छ ?
अस्वस्थ प्रतिशपर्धा यो व्यवसायको सबैभन्दा नराम्रो पक्ष हो । यसमा सीमा छै ।

नयाँ व्यवसायिक योजना के छ ?
हामीले हुवावे मोवाइललाई प्रवद्र्धन गरिरहेका छौं । न्युरोड क्षेत्रमा हुवावेलाई अन्य मोवाइ भन्दा अगाडी ल्याउने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्
MBL