Logo

प्रभु टिभीको शुभारम्भ, सार्क मुलुकमै पहिलो पटक नयाँ प्रविधिमा डिजीटल टिभी

प्रभु टिभीको शुभारम्भ, सार्क मुलुकमै पहिलो पटक नयाँ प्रविधिमा डिजीटल टिभी



काठमाडौं । प्रभु समुहले आजबाट नेपालमा नयाँ प्रविधिको डिजीटल टेलिभिजन सार्वजनिक गरेको छ । सो समुहले आईतबारदेखि डिजिटल टेरेस्टिरियल टेलिभिजन (डीभीवी) प्रविधिमार्फत ‘प्रभु टिभी’ संचालनमा ल्याएको हो ।

प्रभु टिभीले सार्क मुलुकमै पहिलो पटक डीभीवी–टी२ प्रविधिको टेलिभिजन संचालनमा ल्याइएको प्रभु समुहका अध्यक्ष देबीप्रकाश भट्टचनले जानकारी दिए । ‘हामीले प्रविधिमा फड्को मार्दै नेपालमै पहिलो पटक नयाँ प्रविधिको टेलिभिजन संचालनमा ल्याएका छौं,’ उनले भने, ‘यो हाम्रो लागि गर्वको विषय हो भने ग्राहकले पनि सहज रुपमा डिजिटल टेलिभिजन हेर्न पाउनेछन् ।’

यसैगरी प्रभु टिभीलाई एपमार्फत ओभर दि टफ (ओटीटी) प्रविधिमा आधारित भएर पनि हेर्न सकिने छ । एप डाउनलोड गरी मोबाईल वा ट्यावमार्फत सहजै टेलिभिजन हेर्न किने भट्टचन बताउँछन् । धनी र गरिव सबैलाई एउटै गुणस्तरको सेवा प्रदान गर्ने उद्देश्य अनुरुप प्रभु टिभी ल्याइएको समेत भट्टचनले जानकारी दिए ।

कम्पनीले उक्त टिभी हेर्नका एकल प्रयोगकर्ताको हकमा ६ महिनाको १ हजार ६ सय रुपैयाँ शुल्क र १ हजार रुपैयाँ सेटअप बक्सको तिर्नुपर्ने हुन्छ । यसैगरी संस्थागत प्रयोगकर्ताको हकमा भने मासिक २ सय रुपैयाँ र सेटअप बक्सको ८ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

हाल प्रभु टिभीले कुल ५० ओटा च्यानलमार्फत मुख्य तीन वटा शहरमा आफुलाई प्रस्तुत गरेको छ । जसमा २७ वटा एचडी च्यानल रहेको छ । दशै भित्रमा १ सयदेखि १ सय २० वटा च्यानल प्रदान गरिने समेत भट्टचनले जानकारी दिए । जसमा ५० वटा एचडी च्यानल हुने उनको दावी थियो ।

प्रभु टेलिभिजनले आजदेखि काठमाडौं, पोखरा र चितवनबाट यो सेवाको सुरुवात गरेको छ । आगामी दिनमा पूर्वको इटहरी, धरान, बुटवल लगायतका क्षेत्रमा पनि प्रभु टिभीको सेवा विस्तार गर्ने योजना छ ।

विना इन्टरनेटै डंगोलमार्फत टेलिभिजन

प्रभु टिभीले आधुनिक प्रविधिको ‘डंगोल’मार्फत इन्टरनेट विनै मोबाइल तथा ल्यापटममा टिभी हेर्न सकिने भएको छ । जसका लागि कम्पनीले एउटा डंगोल प्रदान गर्ने छ । उक्त डंगोल जडान गरी इन्टरनेट विना नै टिभी हेर्न सकिने भट्टचनले जानकारी दिए ।

उक्त डंगोलबाट टिभी हेर्ने प्रविधिलाई केही समयभित्रै लञ्च गरिने समेत उनले जानकारी दिए । डंगोलको १ हजार ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म पर्ने र त्यसमार्फत टिभी हेर्नका लागि निश्चित शुल्क तोकिने समेत उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL