Logo

खारेज भयो टिपिएस, ९ हजार नेपालीलाई देश निकाला गर्दै अमेरिका

खारेज भयो टिपिएस, ९ हजार नेपालीलाई देश निकाला गर्दै अमेरिका



काठमाडौं । अमेरिकामा बस्दै आएका लगभग ९ हजार नेपालीको अस्थाइ बसोबास पत्र अर्थात टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस) खारेज भएको छ ।

अमेरिकाको होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टले एक विज्ञप्ती जारी गर्दै करिव ९ हजार नेपालीको टिपिएस सुविधा खारेज गरेको हो । सो सुविधा खारेज भएसंगै नेपालीहरु स्वदेस फर्कनुपर्नेछ ।

नेपालीहरुलाइ स्वदेस फर्कन आवश्यक तयारी गर्नको लागि १२ महिनाको समय दिएको विज्ञप्तीमा उल्लेख छ । अमेरिकाले हैटी, निकारागुवाका अमेरिकाबासीको टिपिएस सुविधा खारेजसंगै उनिहरुलाइ स्वदेस फर्काइसकेको छ ।

टिपिएस सुविधा खारेज भएका नेपालीहरुले आगामी जुन २४ सम्म अमेरिकामा काम गर्नको लागि सो टिपिएस पुन पंजीकरण गर्नुपर्नेछ । जुन अब सम्भव छैन ।

अमेरिकाले सन २०१५ मा नेपालमा आएको महाभुकम्पलाइ मध्यनजर गर्दै आफन्त भेटघाटका लागि सो सेवा सुचारु गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL