Logo

नेप्सेमा लाग्यो सर्किट ब्रेक, बजारमा भेटिएनन् खरिदकर्ता

नेप्सेमा लाग्यो सर्किट ब्रेक, बजारमा भेटिएनन् खरिदकर्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लामो समय पछि नेप्सेमा सर्किट ब्रेक लागेको छ । बजार खुलेको ४१ मिनेटमै ३६ दशमलव ८५ अंकले अर्थात ३ प्रतिशतले बजार घट्दै सर्किट ब्रेक लागेको हो ।
साताको पहिलो दिन बजार १ हजार २ सय अंकभन्दा तल ओर्लिएको छ । बजारमा बिक्री चाप तथा खरिदकर्ता नभएपछि बजार उच्च रुपमा ओरालो लागेको हो । बजारमा ५ करोड रुपैयाँको सेयर कारोबार नुहँदै सर्किट ब्रेक लाग्न पुगेको छ । सो समयावधिमा नेप्से परिसुचक १ हजार १ सय ८३ अंकमा झेरर सर्किट ब्रेक लागेको हो ।
बजारमा सबैजसो कम्पनीमा खरिदकर्ता देखिएका छैनन् । बिक्रीकर्ता भएपनि लगानीकर्ता नभएकाले बजार उच्च रुपमा घट्दै सर्किट लागेको हो ।
बजारमा सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसका सबैभन्दा बढी बीमा तथा बैंकिङ समुहका परिसचक ओरालो लागेका छन् । यसैगरी, बजारमा विकास बैंक, माइक्रोफाइनान्स, होटल तथा उत्पादनमुक समुहका पसिुचक पनि सोही अनुरुप घटेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL