Logo

लैंगिक विभेद हटाउन बीबीसीका ६ पत्रकारले घटाए तलब

लैंगिक विभेद हटाउन बीबीसीका ६ पत्रकारले घटाए तलब


बिजखबर संवाददाता
0
Shares

विश्वकै ठूलो मिडिया मध्यको एक ब्रिटीस ब्राडकाष्टिङ कर्पोरेसन(बीबीसी)मा महिला कर्मचारी र पुरुष कर्मचारी असमान तलब देखिएको भन्दै यसले केहि समययता निकै चर्चा पाउँदै आएको छ । बीबीसीले गत बर्ष सार्वजनिक गरेको प्रतिवेदनमा धेरै तलब प्राप्त गर्ने कर्मचारीमा एक तिहाई मात्र महिला देखिएपछि विवाद सुरु भएको हो ।

लैंगिक हिसाबले तलब असमान देखिएपछि बीबीसीका ६ जना पुरुष पत्रकारले आफ्नो तलब घटाउन सहमती जनाएका छन् । विवाद पछि हुउ एडवार्ड्स, निकी क्याम्पबेल, जोन हम्फ्री, जोन सोपेल, निक रोबिन्स र जेरेमी भाइनले   आफूले बुझ्दै आएको तलब घटाउन स्विकृती दिएका हुन् । ‘यी सबै वास्तवमै महान पत्रकार र प्रस्तोता हुन जसको दर्शकसँग निकटको सम्बन्ध छ’ बीबीसीले आफ्नो वक्तव्यमा भनेको छ ‘उनीहरुले बीबीसीमा काम गर्नु हाम्रो लागि गर्वको विषय हो । तलब परिवर्तनको अन्तिम बहस अझै बाँकी छ’ । बीबीसीले कति तलब घट्यो भन्ने बारे केहि खुलाएको छैन ।

बीबीसीको चीन डेस्क हेर्ने सम्पादक क्यारि गे्रसीले असमान तलबको विरोध गर्दै राजिनामा दिएको केहि समयपछि ६ जना पत्रकारले स्वेच्छिक रुपमा यस्तो निर्णय गरेका हुन् । गे्रसीले यस विषयका लागि आगामी हप्ता बेलायतको संसदीय समितीमा परिक्षण भने दिनुपर्नेछ ।

बीबीसीले गत बर्ष जुलाईमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार लैंगिक रुपमा तलबमा विभेद देखिएको हो । बार्षिक एक लाख ५० हजार पाउण्ड स्टर्लिङ तलब प्राप्त गर्ने कर्मचारीको सुचीमा केवल एक तिहाइमात्र महिला रहेको सो प्रतिवेदनले देखाएको थियो ।

तलब कटौतीका लागि स्विकृती दिने ६ जना पत्रकार बीबीसीमा धेरै तलब प्राप्त गर्ने कर्मचारी मध्यका हुन् । जसमध्य भाइनको तलब सात लाखदेखि सात लाख ५० हजार पाउण्ड स्टर्लिङको बीचमा  र हम्फ्रीको तलब ६ लाख देखि ६ लाख ५० हजारको बीचमा सुचिकृत थियो । बीबीसीका महानिर्देशकले सन् २०२० सम्म यस्तो लैंगिक तलब असमानता हटाउने प्रतिबद्धता जनाएका छन् । – एजेन्सी

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL