Logo

यी हुन् नेपालबाट बढी निर्यात हुने १० बस्तु

यी हुन् नेपालबाट बढी निर्यात हुने १० बस्तु


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ फागुन, काठमाडौं । आर्थिक बर्ष २०७१/७२ को ६ महिनामा नेपालबाट ४३ अर्व ३९ करोडको निर्यात भएको छ । नेपालबाट विशेषगरी अलैची, प्रशोधित छाला उनी गलैचा लगायतको निर्यात बढी छ । यी बस्तुहरु भारत ,चीन र तेस्रो मुलुकतर्फ निर्यात हुँदै आएको छ ।

नेपाल राष्ट्र बैंकको हालै सार्वजनिक तथ्यांक अनुसार नेपालबाट चालु आर्थिक बर्षको ६ महिनामा सवैभन्दा बढी ४ अर्व १ करोड ८८ लाख रुपैयाँबराबरको रेडिमेड गार्मेन्ट निर्यात भएको छ । सो अवधिमा २ अर्व १ करोड रुपैयाँ बराबरको पश्मिना निर्यात भएको राष्ट्र बैंकको तथ्यांकमा छ ।

सो अवधिमा ३ अर्व ५२ करोड ७६ लाख रुपैयाँ बराबरको ऊलन कार्पेट निर्यात भएको तथ्यांकमा उल्लेख छ । ऊलन कार्पेट विशेषगरी चीन र अन्य तेस्रो मुलुकतर्फ निर्यात हुँदै आएको छ ।

Pashmina

 

त्यस्तै नेपालबाट १ अर्व ७० करोड रुपैयाँ बराबरको प्रशोधित छाला निर्यात भएको तथ्यांकमा उल्लेख छ । ह्याण्डीक्राफ्टको निर्यात १६ करोड ४ लाख भएको छ । १ अर्व ४८ करोड रुपैयाँ बराबरको अलैची भारत निर्यात हुने गरेको छ । नेपालबाट १ अर्व ४५ करोड रुपैयाँको फलामे पाइप, १ अर्व ७० करोड ५८ लाखको जुस तथा १ अर्व ९८ करोड १८ लाख रुपैयाँको जुट निर्यात भएको छ ।

तथ्यांक अनुसार नेपालको निर्यात ३ दशमलव ९ प्रतिशतले घटेको छ । चालु आवको ६ महिनामा नेपालबाट ४३ अर्व ३९ करोडको निर्यात भएक छ तर अघिल्लो आवका सोही अवधिमा नेपालबाट ४५ अर्व १४ करोडको निर्यात भएको थियो । कुल बस्तु निर्यातमध्ये यस बर्ष भारततर्फको निर्यात घटेको छ । यता चीन तथा अन्य मुलुकतर्फको निर्यात भने बढेको छ ।

भारततर्फको निर्यात ८ दशमलव १ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । बढी निर्यात हुने अलैँची, तामाको तार, जुटका सामानलगायतको निर्यात घटेकोले भारततर्फको निर्यातमा ह्रास आएको हो ।

त्यस्तै, प्रशोधित छाला, ऊनी, गलैँचा, हस्तकलाका सामग्रीको निर्यातमा आएको सुधारले चीन तर्फको निर्यात बढेको छ । चीन तर्फको निर्यात १६ दशमलव ९ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । अन्य मुलुकतर्फको निर्यात पनि अघिल्लो आवको सो अवधिको तुलनामा ९ दशमलव ९ प्रतिशतले बढेको छ । अन्य मुलुकतर्फ सवैभन्दा बढी पस्मिना,तयारी पोसाक,चिया,चाँदीका गहनालगायतको निर्यात बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL