Logo

प्राधिकरणले टेलिकमलाई फेरी सोेध्यो , ‘धरहरा बनाउने कि नबनाउने’?

प्राधिकरणले टेलिकमलाई फेरी सोेध्यो , ‘धरहरा बनाउने कि नबनाउने’?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल टेलिकमलाई धरहरा निर्माण सम्बन्धमा आधिकारिक प्रस्ताव पेस गर्न निर्देशन दिएको छ । प्राधिकरणले पाँच दिनभित्र धरहरा पुनर्निर्माणसम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी प्राधिकरणसमक्ष पेश गर्न भनेको हो ।

प्राधिकरणले भदौ १२ गते टेलिकमलाई धरहरा पुनर्निर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव पेश गर्न पत्राचार गरेको थियो । सो पत्रको जवाफ नआएको भन्दै प्राधिकरणले शुक्रवार पुनः टेलिकमलाई पत्राचार गरी आफ्नो आधिकारिक धारणा पेश गर्न निर्देशन दिएको हो ।
यता टृलिकमलृ भने धरहरा बनाउन थप लगानी गर्ने नगर्ने बारे छलफल हुन बाँकी रहेको बताएको छ ।

टेलिकमले आफ्नो व्यापारिक प्रायोजनका लागि पनि सहयोगी हुने गरी धरहरा बनाउन शर्त राखेको थियो । तर शर्तमा विभागले सकारात्मक संकेत नदिएपछि काम अघि बढेको छैन ।

धरहरा निर्माणपछि त्यहाँको व्यवसायबाट मर्मत खर्च उठाउने शर्त टेलिकमले विभागसँग राखेको प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

तयस्तै टेलिकमले पनि पुरातत्व विभागले तयार गरेको डिजाइन फाइनल नहुने प्रतिक्रिया दिएको थियो । ‘टेलिकमले ‘सस्टेनेबल मोडल’ मा डिजाइन बनाउन आग्रह गरेको हो’ वैद्यले भनिन्, ‘तर पुरातत्वले आफ्नो डिजाइनलाई फाइनल भनेको छ ।’

तत्कालीन केपी ओली सरकारको पालामा विभाग र टेलिकमलाई नयाँ बन्ने धरहराको डिजाइन तयार पार्न निर्देशन भने गइसकेको थियो । तर पुरातत्वले आफ्नै किसिमले डिजाइन तयार गरेको थियो । त्यतीबेला ३ अर्ब रुपैयाँ लागतमा धरहरा निर्माण हुने भनिएपनि अहिले ८ अर्ब रुपैयाँ लागतको अनुमान गरिएको छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL