Logo

सामसुङलाई पछी पार्दै माइक्रोम्याक्स बन्यो उत्कृष्ट कम्पनी

सामसुङलाई पछी पार्दै माइक्रोम्याक्स बन्यो उत्कृष्ट कम्पनी


रामराजा श्रेष्ठ
0
Shares

बिखजबर संवाददाता

laxmi

२१ माघ, काठमाडौं । माइक्रोम्याक्स भारतीय स्मार्टफोन बजारमा उत्कृष्ट कम्पनी बनेको छ । सामसुङलाई पछाडी पार्दै स्मार्टफोनको विक्रीमा माइक्रोम्याक्स अगाडी आएको हो । यस्तो उपलव्धी हासिल गर्ने पहिलो घरेलु कम्पनी(भारतीय) भएको बताइएको छ । सिर्च फर्म केनालिसका अनुसार कम्पनीले मोवाइल फोनलाई स्मार्टफोनमा अपग्रेड गर्नु उपलब्धिको मुख्य कारण हो ।

कम्पनीले ९ हजार देखि १२ हजार रुपैयाँसम्ममा स्मार्टफोन उपलब्ध गराएको छ । माइक्रोम्यकम्सले ‘फ्लेगशीप रेन्ज’मा क्यानभास नेट्रो र क्यानभास ह्युलगायत स्मार्टफोन समावेश गरि यसको प्रवद्र्धन गरेको छ, जसको परिणाम अहिले मिलेको छ ।

रिसर्च फर्म केनालिसको अनुसार माइक्रोम्याक्स आफ्नो क्यानभास निट्र र क्यानभास ह्युजस्ता महत्वपूर्ण उत्पादन विक्रीकै कारण भारतको कुल स्मार्टफोन बजारमा २२ प्रतिशत हिस्सेदारी ओगट्न सफल भएको छ । जवकी सामसुङको घरेलु स्मार्टफोन बजारमा २० प्रतिशत मात्र हिस्सेदारी छ । केनालिसको रिपोर्ट अनुसार भारतमा पहिलो त्रैमासमा ६ हजारभन्दा कम मूल्यको मोवाइको विक्री २३ प्रतिशत भन्दा कम रह्यो । जवकी ४१ प्रतिशत विक्री ६ देखि १२ हजारबीचको स्मार्टफोन भएको थियो ।

केनालिसको विश्लेषक ऋषभ दोषीका अनुसार घरेलु बजारमा धेरै हिस्सेदारी हासिल गर्न निकै कठिन रहेको थियो । तर, माइक्रोम्याक्स यसमा धेरै अगाडी रहेको छ । स्थानीय भाषा उपलब्ध गराउनु पनि यसको एउटा कारण हो । माइक्रोम्याक्सले विभिन्न भाषा उपलब्ध गराएको छ । अन्य घरेलु कम्पनीमा लावा पनि अगाडी रहेको छ । लावाले मध्यमवर्गिय उपभोक्ता लक्षित नयाँ फोन बजारमा ल्याएको छ । यो प्रस्तिपर्धा बढाउने संकेत हो ।

प्रतिक्रिया दिनुहोस्
MBL