Logo

दोक्लाम बिबादको छायाँ ‘कर्पोरेट डिल’सम्म, मोदिले किन रोके डेढ खर्बको चिनियाँ प्रस्ताव ?

दोक्लाम बिबादको छायाँ ‘कर्पोरेट डिल’सम्म, मोदिले किन रोके डेढ खर्बको चिनियाँ प्रस्ताव ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सांघाई फोसन फर्मास्युटिकल्स ग्रुपको डेढ खर्बको  लगानी भारतले अस्वीकार गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको आर्थिक मामिलासम्बन्धी समितिको बैठकले ग्लाण्डफर्मा प्रालीमा  ८६ प्रतिशत सेयर राख्ने सांघाईको रोक्ने निणर्य गरेको हो । १ खर्ब ७५ अर्बमध्ये सांघाई फोसन फर्मास्युटिकल्स ग्रुपले डेढ खर्बको  लगानी गर्न लागेको थियो ।
कम्पनीलाई औपचारिक पत्र भने दिइनसकेको भारतीय सञ्चारमा माध्यमहरुले जानकारी दिएका छन् ।
१९६२ मा सीमावर्ती युद्धपछी भारत र चीनबीच एक हिमालयको दुर्गम क्षेत्र दोक्लामका विषयमा विवाद चर्किएको थियो । फोसुन फर्माका लागि भारत सरकारको यो निणर्य ठुलो झट्का हुनेछ ।
सांघाई फोस फर्माले ग्लाण्ड फर्माको जेनेरिक इनजेक्टेबल दबाई अमेरिकामा बिक्रीको स्वीकृतिको माग सम्बन्धी प्रक्रिया समेत अघि बढाइसकेको थियो । चिनीयाँ अरबपती गुओ गुआङचाङद्धारा समर्थित फोसुन फार्माले गत बर्षको जुलाईमा ग्लाण्ड फर्मा खरिदका लागि केकेआर एण्ड कम्पनीलगायत लगानीकर्ताहरुसँग सम्झौता गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL