Logo

क्यान्सर हुनसक्ने भन्दै एस्बेष्ट्स भएको निर्माण सामग्री आयातमा रोक

क्यान्सर हुनसक्ने भन्दै एस्बेष्ट्स भएको निर्माण सामग्री आयातमा रोक


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । सरकारले एस्बेष्ट्स् (निर्माण सामाग्रीमा हुने हानिकारक तत्व) भएको निर्माण सामाग्रीमाथि कडाइका साथ रोक लगाउने भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले एस्वेष्ट्स् भएको सिमेन्ट वोर्ड र प्रिफयाव बोर्डलाई आयत हुनबाट रोक लगाएको हो । विभागले एस्वेष्ट्स् नभएको प्रिफयाब बोर्ड, सिमेन्ट वोर्ड, रुफिङ सिटलाई मात्रै आयत गर्न दिने भएको हो ।
यसका लागि विभागले सवै भन्सार कार्यालयहरुलाई परीक्षण पश्चात मात्रै भित्राउन निर्देशन दिएको छ । प्रयोगशाला परीक्षण गरेर मात्रै जाँंचपास गर्न विभागले देशभरका भन्सार कार्यालयहरुलाई निर्देशन दिएको हो ।
भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले एस्बेष्ट्स भएको निर्माण सामाग्रीका कारण स्वास्थ्यलाई पुयाउन सक्ने हानीलाई ध्यान दिएर सवै भन्सार कार्यालयहरुलाई निर्देशन जारी भइसकेको जानकारी दिए । विभागका सूचना अधिकारी कुलराज ज्ञवालीले भारतलगायतका देशहरुबाट एस्बेष्ट्स् भएको निर्माण सामाग्री भित्रिने गरेका कारण त्यसमाथि नियन्त्रण जमाउन यसो गरिएको बताए ।
एस्बेष्ट्स् निर्माण सामाग्रीमा हुने डरलाग्दो खनिज पदार्थ हो । यसले क्यान्सरसम्म निम्त्याउन सक्छ । सिमेन्ट वोर्डलगायत रुफिग वोर्ड बनाउँंदा प्रयोग हुने यो एक प्रकारको आँखाले नदेखिने फाइबर हो । दशकौदेखि युरोपलगायत विकशित मुलुकहरुमा क्यान्सरजस्ता रोग निम्त्याउने खतरा भएको भन्दै यसलाई प्रतिवन्ध लगाइएको छ ।
नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्रका अनुसार प्रिफयाब, सिमेन्ट वोर्ड, रुफिग वोर्डलगायत अन्य निर्माण सामाग्रीमा हुने एस्बेष्ट्स्सँंग लामो समय निरन्तर सम्पर्कमा ररिहरहँदा यसबाट क्यान्सरसम्मको खतरा हुनसक्छ । यसलाई विचार गरेर सरकारले गरेको यो कदम स्वागगयोग्य भएको डा मिश्रले बताए । स्वदेशमै एस्बेष्ट्स् नभएको निर्माण सामाग्री पनि उत्पादन हुँंदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL