Logo

लाइसेन्स लिँदा ‘रोड टेष्ट’ अनिवार्य, नाकामा वासिङ सेन्टर

लाइसेन्स लिँदा ‘रोड टेष्ट’ अनिवार्य, नाकामा वासिङ सेन्टर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले सवारी चालक अुनमति पत्र (लाइसेन्स) बितरण प्रणालीलाई व्यवस्थित गर्न ‘रोड टेस्ट’ अनिवार्य गर्ने भएको छ । कतिपयले लाइसेन्स लिएपनि सडक चलाउन नसक्ने भएकाले रोड टेष्ट अनिवार्य गर्न लागिएको हो ।

लाइसेन्स लिँदा रोड टेष्टलाई अनिवार्य गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गर्न लागिएको उपात्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङ्मार लामाले बताए । ‘अबका दिनमा लाइसेन्स लिँदा आवेदकले एक घण्टा सडकमा सवारी लगाउनु पर्ने व्यवस्था गर्न लागिएको छ,’ पत्रकार सम्मेलन कार्यक्रममा उनले भने, ‘यो व्यवस्थाले सडकमा सवारी चलाउन सक्ने व्यक्तिले मात्र लाइसेन्स पाउनेछन् ।’ यसअघि ट्रायल पास गरेको आधारमा लाइसेन्स दिइँदै आएको थियो ।

यसैगरी काठमाडौंमा बढ्दो प्रदुषणलाई रोक्न उपत्यका भित्रने नाकामा वासिङ सेन्टर राखिने भएको छ । बाहिरबाट काठमाडौं उपत्यका भित्र्दा सवारीसाधनले बढी धूलो लिएर आउने भएकाले त्यसलाई न्युनिकरण गर्न वासिङ सेन्टर राख्न लागिएको हो । उपत्यका भित्रने चार वटै नाकामा वासिङ सेन्टर राखिने समेत लामाले जानकारी दिए । त्यस पश्चात वासिङ सेन्टरमा सवारीसाधन सफा गरेर मात्रै राजधानी भित्रनेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL