Logo

प्रभुले ग्राण्डलाई एक्वीजीसन गर्ने सम्झौता, नेपालको सेयर प्रतिकित्ता रू.३० मा किन्ने

प्रभुले ग्राण्डलाई एक्वीजीसन गर्ने सम्झौता, नेपालको सेयर प्रतिकित्ता रू.३० मा किन्ने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१५ माघ, काठमाडौं । प्रभु बैंकले र ग्राण्ड बैंकलाई एक्वीजीसन गर्न दुवै बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रभु  बैंकको केन्द्रिय कार्यालयमा उक्त सम्झौता भएको हो । साथै, वाणिज्य बैंक एक्वीजीसनमा गएको यो पहिलो हो ।

उक्त समझादारी पत्रमा प्रभु बैंकका तर्फबाट बैंकका संचालक तथा एक्वीजीसन कमिटिका संयोजक कुशुम लामा र ग्राण्ड बैंकका तर्फबाट संचालक तथा एक्वीजीसन कमिटिका संयोजक पवन अग्रवालले हस्ताक्षर गरेका थिए ।

बैंकलाई अझ शसक्त रुपमा अघि बढाउनका लागि ग्राण्ड बैंकलाई एक्वीजीसन गरिएको प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले बताए । ‘एक्वीजीसनसँगै बैंकप्रति ग्राहकको विश्वास अझ बढ्नेछ,’ उनले भने, ‘एक्वीजीसनले खराव अवस्थामा रहेको बैंकलाई सुध्रिने मौका पनि दिनेछ ।’

एक्वीजीसन पश्चात बैंकको चुक्ता पूँजी ५ अर्व २० करोड ८८ लाख रुपैयाँ पुग्नेछ । त्यस्तै, निक्षेप ४५ अर्व ९० करोड रुपैयाँ पुग्ने छ भने कर्जा प्रवाह ३९ अर्व ५० करोड ९३ लाख रुपैयाँ पुग्ने बैंकले जानकारी दिएको छ । यसैगरी बैंकको शाखा संख्या १ सय २३ पुग्नेछ भने १ सय २४ वटा एटिएम काउण्टर रहनेछ ।

यस्तै बैंकले नेपाल विकास बैंकको प्रति सेयर ३० रुपैयाँका दरले किन्ने भएको छ । यदि सेयर धनीले सेयर नै लिन चाहेमा नेपालको ६ सेयर बरावर प्रभुको १ सेयर दिइने भट्टचनले बताए ।

यही भदौंमा किष्ट, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स एक आपसमा मर्ज भएर प्रभु बैंक बनेको थियो । साथै, प्रभु बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५० करोड रुपैयाँभन्दा बढी नाफा कमाउने भट्टचनले जानकारी दिए ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL