Logo

प्रधानमन्त्रीले भने, ढुक्क हुनुस् बस्तु, सेवा र पूँजीको ओसारपसारमा कर लाग्दैन

प्रधानमन्त्रीले भने, ढुक्क हुनुस् बस्तु, सेवा र पूँजीको ओसारपसारमा कर लाग्दैन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संरचनामा व्यवसायीहरु माथी दोहोरो कर नलाग्ने बताएका छन् । सोमवार नेपाल उद्योग वाणिज्य महासंघको आफ्नो ५१ औं स्थापना दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । ‘संविधानत वस्तु, सेवा र पूँजीको ओसारपसारमा कुनै पनि प्रकारका कर लाग्दैन,’ उनले भने, ‘सरकारले संघीय संरचना अनुरुप तीन तहको कर निर्धारण पनि सोही अनुरुप गर्नेछ ।’

कार्यक्रममा प्रधानमन्त्री दाहालले निजी क्षेत्र आर्थिक विकासमा इन्जिन भएको र सहयोगका लागि सरकारले कुनै कसुर नराख्ने प्रतिवद्धता व्यक्त गरे । ‘सरकारको आर्थिक विकासको लक्ष्यमा सहयोग पुर्याउन तपाइहरु विचलित नभई अघि बढ्नुस सरकार जस्तोसुकै सहयोग गर्न तयार छ,’ उनले भने, ‘सरकारले अबका दिनमा रुग्ण अवस्थामा रहेका उद्योगहरुलाई पनि कुनै कुसुर बाँकी नराखी संचालनमा ल्याउने छ ।’

सरकार र निजी क्षेत्रको सहकार्यमा मात्र देशको चुनौतीसँग जुध्न सकिने बताउँदै अबका दिनमा सहकार्यको विकल्प नरहेको उनको कथन थियो । ‘हामीहरु मिलेर अघि बढ्यौं भने देशले छिटो नै आर्थिक रुपमा फड्को मार्ने छ,’ उनले भने, ‘जसका लागि सहि ठाउँमा सही व्यक्तिको छनौट हुनु जरुरी छ ।’ साथै साधारणसभामा नेतृत्व चयनभन्दा पनि नीति नियममा बहश गर्न आग्रह गरे ।

binod_chaudari

 

देश स्थानीय निकायको चुनावमा होमिइसकेकाले सोही अनुरुप सहयोग गर्न समेत व्यवसायीहरुलाई आग्रह गरेका छन् । स्थानीय निकायको चुनावमा मधेशी मोर्चालाई पनि ल्याउन विद्ययेक संसोधन गर्न लागिएको जानकारी दिँदै अब सबै मिलेर चुनाव सफल पार्नुपर्ने बताए ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष तथा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यवसायीहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो भने आर्थिक क्षेत्रमा योगदान पुर्याए वापत नेपाल आर्थिक पत्रकार समाजमा पूर्व उपाध्यक्ष स्वर्गीय सञ्जय न्यौपानेलाई मरणोप्रान्त आर्थिक पत्रकार पुरस्कार प्रदान गरिएको थियो ।

fncci_program

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL