Logo

सुनको मूल्य पुनः हालसम्मकै उच्च विन्दुमा, एकैदिन प्रतिताेला २६ सयले बढ्याे

सुनको मूल्य पुनः हालसम्मकै उच्च विन्दुमा, एकैदिन प्रतिताेला २६ सयले बढ्याे



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य पनि उच्च वृद्धि हुँदै प्रतितोला १५ सय ५५ रुपैयाँ पुगेको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १५ सय २० रुपैयाँ थियो । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL