Logo

मुद्दती निक्षेप बोलकबोल गर्दा बैंकले अब आफू अनुकुल व्याज दिन सक्ने

मुद्दती निक्षेप बोलकबोल गर्दा बैंकले अब आफू अनुकुल व्याज दिन सक्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बोलकबोलको आधारमा संकलन हुने मुद्दती निक्षेपमा ०.५ प्रतिशत ‍बिन्दुभन्दा बढी व्याज दिन नपाउने व्यवस्था हटाएको छ ।

laxmi

बिहीबार राष्ट्र बैंकले एकीकृत निर्देशन मार्फत बैंक वित्तीय संस्थाले प्रकाशित गरेको व्याजदरमा ०.५ प्रतिशत भन्दा बढी नहुने गरि बोलकबोल विधिबाट निक्षेप संकलन गर्नुपर्ने व्यवस्था हटाएको हो ।

यो व्यवस्था हटाएसँगै बोलकबोल विधिबाट संकलन हुने मुद्दती निक्षेपमा बैंकहरुले प्रकाशित व्याजदर भन्दा बढी व्याज दिनेगरि प्रस्ताव गर्न सक्ने छन् । हाल बैंकले पत्रिकामा प्रकाशित गरेको व्याजभन्दा बढीमा ०.५ प्रतिशत व्याज दिने गरि प्रस्ताव पेस गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL