Logo

१२ निर्माण कम्पनी कालोसूचीमा, टेरेनन् सरकारलाई

१२ निर्माण कम्पनी कालोसूचीमा, टेरेनन् सरकारलाई



काठमाडौं । सरकारले विभिन्न १२ निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको बताएको हो ।

laxmi

जसमा आदर्श कन्स्ट्रक्सन, त्रिवेणी कन्स्ट्रक्सन, बाबरी निर्माण सेवा, गंगोत्री देवी निर्माण सेवा, कमल कन्स्ट्रक्सन, अनामीका कन्स्ट्रक्सनलगायतका कम्पनी कालोसूचीमा परेका हुन् । यसमध्ये आदर्श कन्स्ट्रक्सन तीन वर्षसम्मका लागि कालोसूचीमा परेको छ भने त्रिवेणी निर्माण सेवा गंगोत्री देवी निर्माण सेवा दुई–दुई वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

अन्य कम्पनीहरु भने १ बर्ष देखि १ बर्ष ६ महिनासम्मका लागि कालोसूचीमा परेको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL