Logo

उपत्यकामा यसरी बन्दै छ विपद व्यवस्थापन पार्क, ८ सय खुल्ला स्थान पहिचान

उपत्यकामा यसरी बन्दै छ विपद व्यवस्थापन पार्क, ८ सय खुल्ला स्थान पहिचान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भुकम्पका बेला सुरक्षित रहनका लागि काठमाडौं उपत्यकामा खुल्ला स्थानको अभाव भएको भन्दै खुल्ला स्थान पहिचान शुरु गरिएको छ । हालसम्म उपत्यकामा ८ सय सम्भावित खुल्ला स्थान पहिचान गरिएको काठमाडौं उपत्यका विकाश प्राधिकरणका प्रवक्ता केशव न्यौपानेले जानकारी दिए ।

उनका अनुसार हाल काठमाडौं ,ललितपुर र भक्तपुर तीन जिल्लामा ८ सय खुल्ला स्थान पहिचान गरिएको छ ।

TempleMultipurposeArea

त्यसमध्ये ८३ स्थान सरकारले प्रस्तुत गरेको चालू आवको बजेटमै सार्वजनिक गरेको छ । भुकम्पमा खुल्ला स्थानको अभाव भएको भन्दै खुल्ला क्षेत्र खोजीको अभियान शुरु गरिएको हो । जसअनुसार हाल टोखाको चण्डेश्वरी, नारायण चउर, नागपोखरी, सपनातिर्थलगायतस्थानमा व्यवस्थापन कार्य अघि बढाइएको प्राधिकरणका योजना अधिकृत भागवतभक्त खोखालीले जानकारी दिए ।

MP

उनका अनुसर त्यस्ता विपद व्यवस्थापन पार्क अन्य समयमा खेल्न, व्यायम तथा आराम गर्न प्रयोग गर्न सकिनेछ । प्राधिकरणको सहरलाई सुन्दर र व्यवस्थित बनाउने अभियानको यो बार्षिक कार्यक्रम हो । जसअनुसार सरकारले प्राधिकरणलाई बर्षमा कम्तीमा १२ ओटा खुल्ला स्थान पहिचान गर्न निर्देशन दिएको छ ।

एउटा जिल्लामा बर्षमा ४ ओटा विपद व्यवस्थापन पार्क बाउने प्राधिकरणको लक्ष्य छ । सरकारले त्यस्ता पार्क निर्माणका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, पार्क निर्माणका लागि सो बजेट अपुग हुने बताइएको छ ।

AerialView

 

प्राधिकरणले गत बर्षदेखि खुल्ला क्षेत्र पहिचान र विपद व्यवस्थापन पार्क निर्माणको काम शुरु गरेको हो । हाल उपत्यकाका कोर सिटीमा खुल्ला क्षेत्र पहिचानको अध्ययन शुरु गरिएको छ ।

EarthPlaza&RainGarden

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL