Logo

साञ्जेन जलविद्युत आयोजनाको वित्तीय विवरण : खुद नोक्सानी १ करोड ६१ लाख, पुससम्म संचालनमा आउने

साञ्जेन जलविद्युत आयोजनाको वित्तीय विवरण : खुद नोक्सानी १ करोड ६१ लाख, पुससम्म संचालनमा आउने



काठमडाौं । साञ्जेन जलविद्युत कम्पनीले निर्माण गरिरहेको ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजना आगामी पौष मसान्तसम्म सञ्चालनमा आउने भएको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै निर्माणको अन्तिम चरणमा रहेको उक्त आयोजना आगामी पौष मसान्तसम्म सम्पन्न भई सञ्चालनमा आउने जानकारी दिएको हो ।

laxmi

साञ्जेन जलविद्युत कम्पनीलेनै निर्माण गरेको १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत आयोजनाबाट भने असो २१ गतेदेखि विद्युत उत्पादन भैरहेको छ ।

हाल आम्दानी नभइसकेको अवस्थामा कम्पनी १ करोड ६१ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नोक्सानी बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनी १ करोड ४२ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको थियो ।

३ अर्ब ६५ करोड रूपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम भने पहिलो त्रैमाससम्म २५ करोड ५३ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । दिर्घकालिन कर्जा ८ अर्ब १३ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने २४ करोड रूपैयाँभन्दा बढी रहेको छ ।

साञ्जेन जलविद्युत आयोजनको निर्माण अवधिको व्याज वाहेक शुरु लागत अनुमान ५ अर्ब २ करोड ४२ लाख र माथिल्लो साञ्जेन जलविद्युतको २ अर्ब २१ करोड ८० लाख गरी कुल ७ अर्ब २४ करोड २२ लाख रूपैयाँ अनुमान गरिएको छ । कम्पनीको कुल सम्पत्ति १२ अर्ब ९ करोड १६ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनी १ रूपैयाँ ७७ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ । प्रतिशेयर नेटवर्थ भने कम्पनीको ९३ रूपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL