Logo

चुक्ता पूँजी ५ अर्व पुर्याउँदै प्राइम बैंक, बुक क्लोज पुस १३ गते

चुक्ता पूँजी ५ अर्व पुर्याउँदै प्राइम बैंक, बुक क्लोज पुस १३ गते


रामराजा श्रेष्ठ
27
Shares

रामराजा श्रेष्ठ ।

प्राइम कमर्शियल बैंकले चुक्ता पूँजी बढाउने भएको छ । चुक्ता पूँजी बृद्धि गरेर ५ अर्व रुपैयाँ पु¥याउन लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले बताए । ‘हामीले अहिले पनि चुक्ता पूँजी बृद्धिका लागि बोनश सेयर वितरण गरिरहेका छौं,’ उनले भने, ‘अव बैंकको चुक्ता पूँजी ५ अर्व पु¥याउने विषयमा पनि गृहकार्य भइरहेको छ ।’

हाल बैंक संचालक समितिले अधिकृति पूँजी ५ अर्व पु¥याउने निर्णय गरिसेकेको छ । उक्त निर्णयलाई नेपाल राष्ट्र बैंकले समेत स्वीकृति दिइसकेको छ । यसलाई यसै महिना हुने साधारणसभाले पास गर्ने बैंकले बताएको छ । मानन्धरका अनुसार बैंकको बुक क्लोज यही पुस १३ गते हुनेछ ।

बैंककले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनश सेयर वितरण गरेको छ । यसैगरी कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांस समेत वितरण गरेको छ । उक्त बोनश सेयर वितरणसँगै बैंकको चुक्ता पूँजी ३ अर्व १४ करोड रुपैयाँ पुगेको छ । ‘राष्ट्र बैंकको नीति अनुसार बैंकको चुक्त पूँजी २ अर्व रुपैयाँ चाहिनेमा हामीले ३ अर्वभन्दा बढी बनाइसकेका छौं,’ उनले भने, ‘अव छिट्टै नै पूँजी बृद्धि गरेर बैंकको चुक्त पूँजी ५ अर्व रुपैयाँ पु¥याइने छ ।’

मानन्धरका अनुसार बैंकले यसै हप्ताको सोमवार सम्ममा कुल ३७ अर्व निक्षेप संकलन गरेको छ भने ३० अर्वभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकले चालू आवको पहिलो त्रैमासमा १६ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको थियो । पछिल्लो सयम बैंकको खुद नाफा र अन्य पोर्टफोलियो समेत राम्रो हुँदै गएकाले बैंकले केही समयभित्रै उच्च रुपमा गति लिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL