Logo

दशैंको लागि नयाँ नोट साटन लाइन बस्नु नपर्ने, सोह्र श्राद्ध सुरु भएपछि साट्न पाइने

दशैंको लागि नयाँ नोट साटन लाइन बस्नु नपर्ने, सोह्र श्राद्ध सुरु भएपछि साट्न पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंको लागि नयाँ नोट सटहीलाई सहज बनाउने भएको छ । राष्ट्र बैंकले यसपटकको दशैंका लागि सोह्रश्राद्ध सुरु भएपछि नयाँ नोट साट्न पाइने व्यवस्था गर्ने तयारी गरिरहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सुरुमा नयाँ नोट सटही सुरु गर्ने राष्ट्र बैंकका सह प्रवक्ता डिल्लिराम पोखरेल बताउँछन । त्यसपछि आफ्नो केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयबाट नोट सटही सेवा सुरु गर्ने छ ।

laxmi

सर्वसाधारणले लाइन बस्नु नपर्ने गरि सहजै नोट साट्न पाउन् भनेर राष्ट्र बैंकले प्रत्येक बैंक तथा वित्तीय संस्थाका शाखाहरुलाई नयाँ नोट उपलब्ध गराउने पोखरेलले बताए । बैंकहरुले आफ्नो खाता भएका ग्राहकलाई नयाँ नोट सटही सुविधा दिने छन् । त्यसपछि राष्ट्र बैंकले घटस्थापनाको केही दिन अघिबाट आफैंले सटही सेवा सुरु गर्नेछ ।

राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराउने भएको छ । पाँचको एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक–एक प्याकेट उपलब्ध हुनेछ । एउटा प्याकेटमा सयवटा नोट हुन्छन् । यसको कुल मूल्य १८ हजार ५ सय रुपैयाँ हुन्छ ।

यस पटकको दशैंमा सरकारले कत्ति नयाँ नोट वितरण गर्ने भन्ने हालसम्म निर्धारण भइसकेको छैन । राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थासंग मौज्दात रहेको नयाँ नोट हेरेर सोहीअनुसार नोट वितरण गर्ने पोखरेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL