Logo

प्रधानमन्त्रीको चीन भ्रमणमा उद्योगी व्यवसायीको जम्बो टोली, को को छन् छाता संगठनबाट ?

प्रधानमन्त्रीको चीन भ्रमणमा उद्योगी व्यवसायीको जम्बो टोली, को को छन् छाता संगठनबाट ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा निजी क्षेत्रका तर्फबाट जम्बो टोली नै चीन प्रस्थान गरेको छ । जसमा उद्योग व्यवसाय क्षेत्रका तीनै छाता संगठनहरुका पदाधिकारीहरु रहेका छन् । चीन भ्रणमा प्रधानमन्त्रीसँगै उद्योगी व्यवसायीको १७ सदस्यीय जम्बो टोली चीनतर्फ प्रस्थान गरेको हो ।

laxmi

जसमध्ये उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बाट भने अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल, एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, एफएनसीसीआई कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य एवं लगानी तथा अन्तरराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेल र महानिर्देशक गोकर्ण अवस्थी छन् ।

यस्तै नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, निर्वतमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा, उर्मिला श्रेष्ठ र त्रिभुवनधर तुलाधर समावेश छन् । साथै नेपाल उद्योग परिसंघ (सीएनआई)बाट भने अध्यक्ष राजेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष विष्णु अग्रवाल, उपाध्यक्ष निर्वाण चौधरी र भिम घिमिरेसँगै पदाधिकारी सदस्य गोकुल भण्डारी रहेका छन् ।

भ्रमणका क्रममा चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्वन्धबारे छलफल हुने उद्योगी व्यवसायीहरुले बताएका छन् । प्रधानमन्त्री दाहालको एक साता लामो चीन भ्रमण आजदेखि सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै आजै चीनको हाङजाओ प्रस्थान गर्न लागेका छन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चीन जान लागेका हुन् । उनीसँगै उद्योगी व्यवसायी नेपालबाट चीन प्रस्थान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL