Logo

सामाजिक सुरक्षा कोषमा ३० अर्ब ७१ करोड संकलन, ४ लाख श्रमिक जोडिए

सामाजिक सुरक्षा कोषमा ३० अर्ब ७१ करोड संकलन, ४ लाख श्रमिक जोडिए



काठमाडौं । हालसम्म सरकारको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ३० अर्ब ७१ करोड रुपैयाँ संकलन भएको छ । आईतबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको फागुन मसान्तसम्म कोषमा उक्त रकम जम्मा भएको हो । यो रकम गत आवको फागुन मसान्तसम्म जम्मा ७ अर्ब ५० करोड रुपैयाँ मात्रै जम्मा थियो ।

कोषमा मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभुत पारिश्रमिकको ३१ प्रतिशतमध्ये २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले योगदान गर्ने व्यवस्था छ ।

यस्तै हालसम्म यो कोषमा १७ हजार ७ सय ४८ रोजगारदाता र ३ लाख ९८ हजार ५ सय ८७ जना श्रमिक जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL