Logo

प्रदेश आर्थिक वृद्धिदर : गण्डकीको ३.३ प्रतिशतले बढ्दा बागमतीको १.४ मा सीमित

प्रदेश आर्थिक वृद्धिदर : गण्डकीको ३.३ प्रतिशतले बढ्दा बागमतीको १.४ मा सीमित



काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले प्रादेशिक आर्थिक वृद्धिदरको अनुमानित तथ्यांक सार्वजनिक गरेको छ । कार्यालयले मंगलबार एक पत्रकार सम्मेलनका आयोजना गर्दै सातै प्रदेशको अनुमानित आर्थिक वृद्धिदरको आँकडा ल्याएको हो ।
कार्यालयका अनुसार चालु आवमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने देखिएको छ । देशको समग्र आर्थिक वृद्धिदरमा संकुचन आईरहँदा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत पुग्ने कार्यालयको अनुमान छ ।

laxmi

गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव ४ खर्व ८२ अर्व रुपैयाँ हुने अनुमान गरिएको कार्यालयले जानकारी दिएको छ । गत बर्ष राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ८.९ प्रतिशत हिस्सा ओगटेको गण्डकी प्रदेशले चालु आवमा ९ प्रतिशत योगदान पुर्याउने अनुमान छ ।

यस्तै चालु आवमै सबैभन्दा कम आर्थिक वृदिर भने बागमति प्रदेशको हुने कार्यालयको अनुमान छ । तथ्यांक कार्यालयका अनुसार चालु आवमा बागमती प्रदेशको आर्थिक वृद्धिदर १.४ प्रतिशतमा सीमित हुने देखिएको छ । यस्तै मधेश प्रदेशको १.७, सुदुरपश्चिम प्रदेशको १.८ र कर्णाली प्रदेशको आर्थिक वृद्धिदर १.९ प्रतिशत हुने देखिएको छ ।

साथै कोशी प्रदेशको आर्थिक वृद्धिदर २ प्रतिशत हुँदा लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर २.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
यता देशको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा भने सबैभनदा ठुलो हिस्सा बागमती प्रदेशको छ । राष्ट्रिय जीडीपीमा बागमती प्रदेशको हिस्सा ३७ प्रतिशत रहेको तथ्यांक कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार कुल जीडीपीमा कोशी प्रदेशको १६ प्रतिशत, लुम्बिनीको १४ प्रतिशत, मधेश प्रदेशको १३, गण्डकीको ९, सुदुरपश्चिमको ९ र कर्णाली प्रदेशको जम्मा ४ प्रतिशत योगदान रहने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL