Logo

भारतले पठायो पेट्रोलियम पदार्थको बढेको मूल्य सूची, नेपालमा बढ्ला

भारतले पठायो पेट्रोलियम पदार्थको बढेको मूल्य सूची, नेपालमा बढ्ला



काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको बढेको मूल्यसूची नेपालमा पठाएको छ । प्रत्येक महिनाको १ र १६ तारिखका दिन् मूल्यसूचीको अपडेट पठाउने आइओसीले यसपल्ट बढेको मूल्यसूची नेपाल आयल निगमलाई पठाएको हो ।

आइतबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्यसमेत आइओसीले बढाएर पठाएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार आइओसीले पठाएको नयाँ मूल्यसूचि अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेल २ रुपैयाँ ९५ पैसा, हवाई इन्धन ४ रुपैयाँ १३ पैसा र खाना पकाउने ग्याँस प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ ।

नेपाल आयल निगमले भने अझै आइओसीलाई ११ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको बताएको छ । यस्तै निगमले सरकारलाई पनि ७ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL