Logo

एमडीएमएस प्रणाली लागू नगर्न प्रधानमन्त्रीको आदेश, स्थगित गर्दै दूरसंचार प्राधिकरण

एमडीएमएस प्रणाली लागू नगर्न प्रधानमन्त्रीको आदेश, स्थगित गर्दै दूरसंचार प्राधिकरण



काठमाडौं । आजैदेखि लागू हुने भनिएको मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्राधिकरणलाई उक्त प्रणाली स्थगित गर्न आदेश दिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

laxmi

उनका अनुसार प्रधानमन्त्रीबाटै उक्त प्रणाली लागू नगर्ने आदेश आएपछि यो प्रणाली हालसालैका लागि स्थगित गरिँदैछ ।

यसअघि गत भदौ ३० गतेदेखि सफ्टलन्च भएको उक्त प्रणाली आजैदेखि पुर्ण रुपमा कार्यान्वयमा आएको थियो । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नेपालीहरुले ‘नो रेमिट्यान्स’ अभियान चलाएर नेपालमा रेमिट्यान्स नपठाउने बताएसँगै प्रणाली लागू गर्न सरकार पछि हटेको देखिन्छ ।

यता प्राधिकरणका अध्यक्ष खनाल भने नेपाली मोबाईल बजारमा ग्रे मार्केट हावी भएपछि त्यसको नियन्त्रणका लागि प्रणाली लागू गरिएको बताउँछन् । तर, प्रधानमन्त्रीकै आदेश आएपछि प्रणाली स्थगित गरिएको उनको भनाई छ । ‘प्रणाली लागू त गर्ने हो तर, यसमा देदिएका केहि समस्याको समाधान र व्यवस्थापन गर्नुपर्नेछ,’ उनले भने, ‘पछिल्लो समय यसमा देखिएका समस्या समाधान गरी संचालमा ल्याउन प्रधानमन्त्रीज्युले स्थगित गर्न आदेश दिनुभएको हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL