Logo

ट्रेडमार्क दर्ता गरी प्रयोग नगर्ने बढे, प्रयोग नभएका ट्रेडमार्क खारेज गर्ने चेतावनी

ट्रेडमार्क दर्ता गरी प्रयोग नगर्ने बढे, प्रयोग नभएका ट्रेडमार्क खारेज गर्ने चेतावनी



काठमाडौं । सरकारले विभिन्न उद्योगीहरुले ट्रेडमार्क दर्ता गरी प्रयोग नगरेको पाईएमा खारेज गरिदिने चेतावनी दिएको छ । उद्योग विभागले मंगलबार एक सूचना जारी गर्दै कानुनतः ट्रेडमार्कको प्रमाणपत्र लिएको १ बर्षभित्रमा प्रयोग गरिसक्नुपर्ने भएपनि सोही अनुसार नगरेको भए खारेज गर्ने चेतावनी दिएको हो ।

laxmi

सूचना अनुसार विभागबाट ट्रेडमार्क दर्ताको प्रमाणपत्र लिएको १ बर्षभित्रमा प्रयोग भए नभएको प्रमाणसहित उद्योगी वा धनीेले विभागमा जानकारी गराउनुपर्ने छ । यदि सो कुराको जानकारी विभागमा नगराए वा प्रमाणपत्र लिएको ट्रेडमार्क तोकिएको समयभित्र प्रयोग नगरिएको पाईए जरिवानासहित कारबाही गरिने उल्लेख छ ।

‘कुनै उत्पादन वा सेवामा प्रयोग गर्ने उद्धेश्यले कुनै ट्रेडमार्कको आवेदन दर्ता भई पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन २०२२ को दफा १८ ‘ग’ बमोजिम दर्ता प्रमाणपत्र जारी भएको मितिले १ बर्षसम्ममा दर्ता भएको ट्रेडमार्क प्रयोगमा नल्याएमा विभागले आवश्यक जाँचबुझ गरी त्यस्तो ट्रेडमार्क दर्ता खारेज गर्न सकिने व्यवस्था छ,’ विभागको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL