Logo

बिओकेले फिर्ता पायो मेलम्ची आयोजनाको ग्यारेन्टीको पैसा, खातामा जम्मा भयो ६६ लाख २५ हजार डलर

बिओकेले फिर्ता पायो मेलम्ची आयोजनाको ग्यारेन्टीको पैसा, खातामा जम्मा भयो ६६ लाख २५ हजार डलर



काठमाडौं । बैंक अफ काठमाण्डुले मेलम्ची खानेपानी आयोजनालाई जारी गरेको एड्भान्स पेमेन्ट ग्यारेन्टी वापतको भुक्तानी फिर्ता पाएको छ । बैंकलाई चाइना कन्स्ट्रक्सन बैंकले मंगलबार ६६ लाख २५ हजार १० डलर र १४ लाख ११ हजार ४५३ युरो फिर्ता गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले मंगलबार बैंकको खातामा उक्त रकम प्राप्त भएको जानकारी दिएका छन् ।

laxmi

मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलशिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई उपलब्ध गराउने प्रायोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुनेगरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी जारी गरिएको थियो ।

आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौता अनुरुप पुरा नगरी बिचमै छोडेको हुँदा मेलम्ची खानेपानी आयोजनाले उक्त ग्यारेन्टीे उपर दावी गरेकोले बैंक अफ काठमाण्डूबाट ग्यारेण्टी वापतको रकम भुक्तानी गरिएको थियो ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो । तर, मेलम्ची खानेपानी आयोजना बिकास समिति र ठेकेदार कम्पनी चाइना रेलवे समुह–१५ बिचको भएको बिवादको कारण उक्त बैंक ग्यारेण्टी भुक्तानी रोक्न चाइनिज अदालतमा मुद्धा परेको थियो ।

उक्त मुद्दाबाट अन्तरिम आदेश जारी भई चाइना कन्सट्रक्शन बैंकबाट यस बैंकले पाउनु पर्ने भुक्तानी रकम प्राप्त नभएकोले अन्तर्राष्ट्रिय अभ्यास र ग्यारेण्टीको शर्तबन्देजहरुको पालन गरी भुक्तानी गर्न चीनको हेनान प्रान्त स्थित पिपुल्स् इन्टरमिडिएट कोर्ट तथा हेनान पिपुल्स् उच्च अदालतमा चलेको मुद्दा यही सन् २०२२ जुलाई २५ तारिखमा बैंकको पक्षमा फैसला भएका थियो । सोही अनुसार बैंकले रकम फिर्ता भएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL