Logo

आईइएलटीएसको लागि ब्रिटिस काउन्सिल पछि आइडीपी आउँदै, जुलाईबाट काम शुरु

आईइएलटीएसको लागि ब्रिटिस काउन्सिल पछि आइडीपी आउँदै, जुलाईबाट काम शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालबाट आईइएलटीएस (अन्राष्ट्रिय स्तरको अग्रेजी भाषा परीक्षा) को परीक्षा लिनको लागि नयाँ संस्था नेपालमा आउने भएको छ । आईइएलटीएसको लागि मान्यता प्राप्त संस्था आईडीपी नेपाल आउने भएको हो ।

हाल व्रिटिस काउन्सीले मात्र आईइएलटीएसको परीक्षा लिँदै आएकोमा आगामी दिनमा अष्ट्रेलियाको आईडीपी आउने निश्चित भएको नेपाल शैक्षिक परामर्श संघ (इ—क्यान)का अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । हाल व्रिटिस काउन्सील, आईडीपी र क्याम्ब्रीजले आईइएलटीएसको परीक्षा लिँदै आएको छ । उनीहरुको संयुक्त बोर्डले आईडीपीलाई नेपालमा सेन्टर स्थापनाको लागि स्वीकृति दिइसकेको छ ।

idp

नेपालमा सेन्टर स्थापना गर्ने सम्बन्धमा इक्यानको पदाधिकारीले आईडीपीको दक्षिण एशियाली मुलुक र कोरिया हेर्ने निर्देशक विशाल गुप्तासँग छलफल गरेको थियो । छलफलको क्रममा सन् २०१६को जुलाईबाटै काम शुरुगर्नेगरी नेपालमा सेन्टर स्थापना गर्ने निर्देशक गुप्ताले जानकारी दिएको पाण्डेले बताए ।

आईडीपी नेपालमा आएसँगै आईइएलटीएसको परीक्षाको व्रिटीस काउन्सीलको एकाधिकार हट्नुका साथै विद्यार्थीहरुले समेत सहज रुपमा परीक्षाको समय (मिति) पाउने छन् । हाल एउटा संस्थाले मात्र परीक्षा लिँदा विद्यार्थीहरुले मिति लिनमा लागि १ वर्षभन्दा बढी समय कुुर्नु पर्ने बाध्यता छ ।

इडीपीको लागि विद्यार्थी रजिष्ट्रेशन फारम भर्ने काम भने इक्यानले गर्ने भएको छ । हाल व्रिटीश काउन्सिलको पनि इक्यानले नै रजिष्ट्रेशन फारम भर्ने काम गरेको र आइडीपीको पनि इक्यानले नै सो काम गर्ने सम्बन्धमा छलफल भइरहेको समेत पाण्डेले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL