Logo

एक वर्षमै विदेशिए ७ लाख १२ हजार कामदार : रोजाईमा साउदी, कतार र युएई

एक वर्षमै विदेशिए ७ लाख १२ हजार कामदार : रोजाईमा साउदी, कतार र युएई



काठमाडौं । आर्थिक वर्ष २०७८।७९ मा ७ लाख १२ हजार कामदार वैदेशिक रोजगारीमा गएका छन् । पछिल्लो समय देशमा वेरोजगारी बढ्दै गएपछि कोरोना कहरको बाबजुद पनि नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उल्लेखनीय वृद्धि भएको हो ।

laxmi

जसमध्ये ५ लाख १६ हजार ८५८ जना नयाँ कामदार गएका छन् भने २ लाख ३ हजार ४६१ जना कामदार पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा पुगेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार सो अबधिमा सबैभन्दा बढी साउदी अरबको रोजगारीमा पुगेका छन् । सो देशमा रोजगारीका लागि १ लाख ८८ हजार ३९८ कामदार पुगेको विभागको तथ्यांकले देखाएको छ । यसैगरी दोस्रो स्थानमा कतार रहेको छ । उक्त मुलुकमा पनि १ लाख ८४ हजार ५०३ जना नेपाली कामदार पुगेका छन् ।

पछिल्लो समय नेपालका लागि मुलेसियाको रोजगारी बन्द भएसँगै नेपाली कामदारको तेस्रो गन्तव्यमा संयुक्त अरब इमिरेट्स (युएई) परेको छ । युएईमा गत आबमा १ लाख २२ हजार ३६६ जना नेपाली कामदार पुगेका छन् ।

नेपालबाट मंसिर महिनामा सबैभन्दा बढी ७४ हजार ३५४ जना नेपालीहरु वैदेशिक रोजगारीका लागि विदेश पलायन भएका छन् भने पुसमा ६६ हजार ६२४ जना नेपाली वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL