Logo

काठमाडौं टावरको निर्माण शुरु, बसपार्कको पार्किङ सार्ने तयारी

काठमाडौं टावरको निर्माण शुरु, बसपार्कको पार्किङ सार्ने तयारी


रक्षा रेग्मी
0
Shares

काठमाडौं । पुरानो बसपार्कमा बन्न लागेको ‘काठमाडौं टावर’को निर्माण कार्य शुरु भएको छ । टावर निर्माणका लागि आइतवारदेखि खन्ने काम शुरु गरिएको काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले जानकारी दिए ।

सो टावरको निर्माण कार्य सुरु भएसँगै थानकोट, किर्तीपुर तथा दक्षिणकालीलगायतका गाडी खुल्लामञ्चमा पार्किङ गरिने उनले जानकारी दिए । त्यस्तै अरनीको यातायातलाई भने तिनकुनेमा पािर्कङ गरिने तामाङले बताए ।

काठमाडौं टावर जलेश्वर, स्वछन्द र विकोइले निर्माण गर्न लागेको हो । टावरको निर्माण लागत सुरुमा ८१ करोड भनिएको थियो । तर, हाल आएर लागतमा बृद्धि भई रु.३ अर्व भन्दा बढी पुग्ने अनुमान कामपानको छ । साथै, नाकाबन्दी पछि सिमेन्ट, छडलगायत निर्माण सामग्रीको भाउ बढेकोले भवन बनाउँदै जाँदा अझै लागत बढ्न सक्ने बताइएको छ ।

kathmandu-tower

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार टावरले ओगट्नेमध्ये २० प्रतिशत स्थान पार्किङका लागि छुट्याइने छ । टावरको सवैभन्दा तल अर्थात ग्राउन्ड फ्लोरमा अरनीको बसको पार्किङ रहनेछ । त्यस्तै त्यसको माथि २ ओटा तलामा उपत्यकाका सार्वजनिक सवारी तथा हलुका गाडीहरुको पार्किङ रहनेछ ।

kathmandu -tower-3

१२ तलाको सो भवनमा व्यवस्थित सिनेमा हल, थिएटर, स्वीमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालय समेत रहने उनले जानकारी दिए । त्यस्तै नेपाली संस्कृति झल्कने विभिन्न स्वदेशी उत्पादनका साथै विदेशी सामग्रीहरु राखिने कामपाले जानकारी दिएको छ । अत्याधुनिक सुविधा सम्पन्न सो भवनको ‘लुक्स’ले नेपाली कला संस्कृतिको झल्को दिने बताइएको छ ।

 

कामनपाले भवनका लागि २३ रोपनी ५ आना जग्गा छुट्याएको छ । जसमध्ये ४० प्रतिशत भुभागमा भवन बन्ने छ भने ६० प्रतिशत खाली राखिने छ । ६० प्रतिशत जग्गामा आकर्षक बगैचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने बताइएको छ ।

काठमाडौं महानगरपालिकाले टावर निर्माणका लागि जलेश्वर, स्वछन्द र विकोइसँग सम्झौता गरेको हो । दुई पक्षबीच गत फागुन २२ गते अन्तिम हस्ताक्षर भएको थियो । सम्झौता अनुसार ति कम्पनीले आफ्नो लगानीमा भवन निर्माण गरी ३० बर्षसम्म चलाउनेछन् ।

त्यस्तै सुरु गरेको ५ वर्षभित्र सो टावर बनाइसक्नुपर्ने तथा त्सपछिका २५ बर्ष सञ्चालन अवधि रहनेछ । काठमाडौं टावर भूकम्प प्रतिरोधात्मक बनाइने बताइएको छ । ३० बर्षपछी कम्पनीले सो भवन काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्न पर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL