Logo

नेप्सेमा एकैदिन ७७ अंकको गिरावट, कारोबार रकम २ अर्ब ३२ करोड

नेप्सेमा एकैदिन ७७ अंकको गिरावट, कारोबार रकम २ अर्ब ३२ करोड



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७७ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातदेखि नै ओरालो लागेको बजार १९ सय १५ को विन्दुमा झरेर रोकिएको हो ।

laxmi

बजारमा कारोबार भएका सबै समुहको परिसुचकहरु ओरालो लाग्दा समग्र सेयर बजार परिसुचक नै घटेको हो ।
आज व्यापार, वित्त र जलविद्युत समुहको परिसुचकहरु क्रमशः ५.७८, ५.७३ र ५.१९ प्रतिशतले घट्दा अतिरिक्त, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र ईन्भेष्टमेन्ट समुहको परिसुचकमा ४ प्रतिशतको गिरावट आएको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा सोमबार २.७७ प्रतिशतको गिरावट आएको छ ।

आज दिनभर २ सय २७ कम्पनीका ६३ लाख १३ हजार ६ सय ४१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँ पुगेको छ । आज ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL