Logo

अब शुक्रबार पनि सेयर कारोबार हुने, धितोपत्र बोर्डले नेप्सेलाई दियो निर्देशन

अब शुक्रबार पनि सेयर कारोबार हुने, धितोपत्र बोर्डले नेप्सेलाई दियो निर्देशन



काठमाडौं । आगामी जेठ १ गतेदेखि शुक्रबार पनि सेयर कारोबार खुला हुने भएको छ । धितोपत्र बोर्ड नेपाल (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आगामी जेठ १ देखि शुक्रबार पनि सेयर कारोबार खोल्न निर्देशन दिएको हो ।

laxmi

सरकारले परिक्षणका लागि भन्दै आगामी जेठ एक गतेदेखि शनिबार र आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोही अनुसार अब शुक्रबार सेयर बजार खुल्ने र शनिबार र आईतबार बन्द रहनेगरी निर्देशन दिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्व पूँजीबजार सम्मेलनमा बोल्दै उनले नेप्सेलाई आईतबार बजार बन्द गर्न र शुक्रबार खोल्न निर्देशन दिईसकेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL