Logo

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड, साढे २४ लाख आवेदक हातखाली

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड, साढे २४ लाख आवेदक हातखाली



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । मंगलबार गोलाप्रथाबाट ७७ हजार ४ सय ५६ जनालाई १० कित्ताका दरले सेयर बाँडिएको हो । यसरी बाँड्दा बाँकी रहेको ३ कित्ता सेयर पुनः गोलाप्रथा गरेर ३ जनालाई थप एक एक कित्ता बाँडिएको थियो ।

laxmi

कम्पनीको आईपीओमा आवेदन दिएका २५ लाख २७ हजार १ सय १ जनामध्ये २४ लाख ४९ हजार ६ सय ४५ जना हातखाली भएका छन् । कम्पनीको आईपीओमा कुल २५ लाख २७ हजार १ सय १ जना आवेदकहरुबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको माग भएको थियो ।

कुल आवेदकहरुमध्य रितपूर्वक नभएका ४ हजार १ सय १६ जनाको आवेदन रद्द भएको छ । कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको थियो । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको सहित सर्वसाधारणमा कुल रू। ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL