Logo

संस्थापक सेयर कारोबारमा कडाई, १ प्रतिशत बढी संस्थापक सेयर भएकाले अर्को संस्थाको सेयर किन्न स्वीकृति लिनुपर्ने

संस्थापक सेयर कारोबारमा कडाई, १ प्रतिशत बढी संस्थापक सेयर भएकाले अर्को संस्थाको सेयर किन्न स्वीकृति लिनुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थापक सेयरधनीलाई सेयर कारोबारमा कडाई गरेको छ । राष्ट्र बैंकले एकिकृत निर्देशनमा परिमार्जन गर्दै अबका दिनमा कुनै एक बैंक तथा वित्तीय संस्थाको १ प्रतिशतभन्दा बढी संस्थापक सेयर हुने सेयरधनीले अन्य कुनै बैंक वित्तीय संस्थाको संस्थापक सेयर खरिद बिक्री गर्दा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो ।

laxmi

‘कुनै एक बैंक वा वित्तीय संस्थाको एक प्रतिशत वा सो भन्दा बढी संस्थापक शेयर धारण गर्ने वा गरेका शेयरधनीले सो संस्था बाहेक अन्य कुनै बैंक वा वित्तीय संस्थाको जतिसुकै संस्थापक शेयर खरिद÷बिक्री गर्नुपूर्व अनिवार्य रुपमा यस बैंकको स्वीकृति लिनु पर्नेछ,’ राष्ट्र बैंकद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

यस अघि एक बैंकको संस्थापक सेयर धनीले अन्य कुनै बैंकको संस्थापक सेयर अक्सनमार्फत सहज रुपमा खरिद बिक्री सक्दथे । तर अबका दिनमा उक्त व्यवस्थाले राष्ट्र बैंकबाट लाईसेन्स प्राप्त क, ख र ग वर्गका कम्पनीको सेयर अक्सनमा भाग लिन समेत राष्ट्र बैंकको स्वीकृति चाहिने भएको छ । चर आफुनै संस्थापक भएको कम्पनीको थप सेयर भने खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL