Logo

माथिल्लो तामाकोशीले स्थानीयको तथ्याङक संकलन शुरु ग¥यो, पुसमा स्थानीयलाई सेयर वितरण

माथिल्लो तामाकोशीले स्थानीयको तथ्याङक संकलन शुरु ग¥यो, पुसमा स्थानीयलाई सेयर वितरण


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सेयर वितरण तथ्याङक संकलन कार्य शुरु गरेकोे छ । आयोजनाले स्थानीय वासिन्दाका लागि दिइने १० प्रतिशत सेयर वितरणका लागि तथ्यांङक संकलन सुरु गरेको हो । हाल जिल्लाको १ नगरपालिका र ५१ गाउँ विकास समितिमा तथ्यांक संकलन सुरु गरिएको माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी बताए ।

न्यौपानेका अनुसार तथ्याङ्क संकललनको जिम्मा जिल्ला विकास समितिलाई दिइएको छ । ‘जिविसले यही मंसिर अन्त्य सम्ममा स्थानीय वासिन्दाको वास्तविक तथ्याङ्क विवरण बुझाउने छ,’ उनले भने, ‘उक्त विवरण आएपछि एक चरण छलफल गरेर सेयर विक्री खुला गर्ने छौं ।’

आयोजनामा सेयर लगानीका लागि दोलखाली नागरिकको पहिचान गर्न भिमेश्वर नगरपालिका र प्रत्येक गाविसको घरघरमा गणकहरु पठाइसकेको जिल्ला विकास समिति दोलखाका योजना अनुगमन तथा प्रसाशकिय अधिकृत रघुनाथ महतले बताए । ‘तथ्याङक संकलनका लागि प्रत्येक गाविसको सामाजिक परिचालक र गाविसका कार्यालय सहायकलाई परिचालन गरिएको छ,’ उनले भने, ‘उनीहरुले दोलखावासीको नागरिकताको सिफारिस, जन्मदर्ता, विवाह दर्ता, बसाईसराई लगाएतका सम्पूर्ण तथ्यांक संकलन गर्नेछन् ।’

महतका अनुसार जिल्ला बाहिर बसोबास गर्ने दोलखाका नागरिकको हकमा भने छिमेकी तथा आफन्तहरुले पनि जानकारी दिन सक्नेछन् । सो कार्यका लािग हरेक दोलखावासीले नागरिकता लिएको भए त्यसको नम्बर, जारी भएको मिति, विवाह दर्ता भएको भए त्यसको दर्ता प्रमाण पत्र नम्बर, जारी मिति, जन्म दर्ता भए जन्म दर्ता मिति र नम्बर चाहिने छ । यस्तै, बसाईसराईको हकमा दोलखामा बसाईसराई भई सम्बन्धित गाविसमा दर्ता भएको मिति र दर्ता नम्बर आवश्यक पर्ने छ ।

यदि कोही कसैको जन्म दर्ता, नागरिकता सिफारिस, विवाह दर्ता र बसाईसराईको दर्ता नभएको भए तत्काल सम्बन्बित गाविस सचिवलाई सम्पर्क गरी लिन सकिने महतले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL