Logo

७० औं बर्षको अबसरमा चेम्बरले निकाल्यो हुलाक टिकट, संचार मन्त्रीले भने–यो राज्यले दिएको उच्च सम्मान हो

७० औं बर्षको अबसरमा चेम्बरले निकाल्यो हुलाक टिकट, संचार मन्त्रीले भने–यो राज्यले दिएको उच्च सम्मान हो



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औ वार्षिकोत्सवको अवसरमा हुलाक टिकट प्रकाशित गरिएको छ । चेम्बरले प्रकाशित गरेको उक्त हुलाक टिकटको प्रथम दिवशीय आवरणमा संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले एक कार्यक्रमबीच टाँचा प्रदान गरेका हुन् ।

laxmi

उक्त कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्कीले मुलुककै जेठो व्यवसायीक क्षेत्रको छाता संगठन नेपाल चेम्बरलाई सरकारले सम्मान स्वरुप चेम्बर लोगो अंकित हुलाक टिकट बनाएको बताए । ‘आजको हुलाक टिकटमा टाँचा लगाउने कार्यक्रममा सिंगो मन्त्रालयलनै चेम्बरमा उपस्थित भएको छ, यसले देशको चेम्बरको गरिमा कति छ भन्ने कुरा देखाउँछ,’ उनले भने, ‘साथै अबका दिनमा देशलाई भाषण र कागजमा मात्र नभई साच्चिकै विकास गर्न सबै क्षेत्र एकजुट भएर लाग्नुपर्ने वेला आएको छ ।’

यसैगरी विशेष अतिथिको रुपमा बोल्दै संचार तथा सूचना प्रबिधि सचिव डा. वैकुण्ठ अयोलले मुलुकको आर्थिक बिकासको लागि नेपाल चेम्वर अफ कमर्सले निर्वाह गरेको भूमिकालाइ कदर गर्दै चेम्वरको ७० औ वार्षिक उत्सवको अवसरमा हुलाक टिकट प्रकाशन गरिएको जानकारी दिए । ‘आज प्रकाशित हुलाक टिकटले नेपाल चेम्वर अफ कमर्सको पहिचान सहित चेम्वर अभियानलाइ बिश्वव्यापी बनाउन मद्धत पुग्नेछ,’ उनले भने, ‘यो राज्यको तर्फबाट चेम्बरलाई गरिएको उच्च सम्मान हो, आगामी दिनमा यसले चेम्वरलाई आफ्नो लक्ष हाशिल सफलता मिल्ने छ ।’

चेम्वर भवनमा आयोजित उक्त कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्वरले बिगत ७० वर्ष देखि मुलुकको आर्थिक क्षेत्रमा प्रदान गरेको योगदानलाइ कदर गर्दै संस्मरणान्मक हुलाक टिकट प्रकाशन गरीदिएकोमा संचार तथा सूचना प्रबिधि मन्त्रालयलाइ आभार व्यक्त गरेका छन् । साथै वि.स. २००७ सालमा स्थापना भएको र सबै भन्दा पुरानो र अग्रणी वाणिज्य संगठनको रूपमा रहेको नेपाल चेम्वर अफ कमर्स नेपाली व्यावसायीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी घरेलु तथा विश्व बजारमा नेपाली व्यापार क्षेत्रको दिगो विकास गर्ने कार्यमा क्रियाशील रहेको उनको भनाई थियो । साथै अबका दिनमा नेपाल चेम्बर अफ कमर्स “चेम्बर अभियान” लाई विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरणका लागि प्रतिबद्ध रहेको जानकारी दिँदै निजी र सरकारी क्षेत्र बिच समन्वयकारी भूमिका निर्वाहमा चेम्वरको अहम भूमिका रहेको बताए ।


चेम्बरले ५ रुपैयाँ अंकित मुल्य रहेको १० लाख थान हुलाक टिकट सार्वजनिक गरेको हो । विभिन्न ६ रङ्ग मिश्रित उक्त हुलाक टिकट इन्डोनेसियामा छापिएको थियो । सन् २०२१ मा जारी गरिएको उक्त हुलाक टिकट आजै देखि कार्यान्वयनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL