Logo

गभर्नरले भने, आवश्यक सामान मात्र ल्याउन आयातमा नगद मार्जिन, ९२ अर्ब पुनर्कर्जा स्वीकृत

गभर्नरले भने, आवश्यक सामान मात्र ल्याउन आयातमा नगद मार्जिन, ९२ अर्ब पुनर्कर्जा स्वीकृत



काठमाडौं । देशमा आवश्यक सामान मात्र भित्र्याउनका लागि आयातमा सतप्रतिशतसम्म मार्जिन रकम राख्नुपर्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘अहिले आयात गरिएका धेरै सामानहरु थन्किएर बसेका कारण बजारमा रकम अभाव देखियो,’ उनले भने, ‘अबका दिनमा आवश्यक र खपत हुने सामान मात्र आयात होस भनेर त्यस्ता सामान आयातमा नगद मार्जिनको व्यवस्था गरिएको हो ।’

laxmi

साथै कर्जा लिएर आयात गर्नुपर्ने प्रथालाई हटाउनकै लागि नगद मार्जिनको व्यवस्था गरिएको समेत उनले जानकारी दिए । ‘अबका दिनमा उपभोक्ताले जुन सामान आयात गर्छन त्यस्ता बस्तुमात्र आयात हुने गर्दछ,’ उनले भने, ‘जसले गर्दा आयात भएका सामान गोदाममा थन्किएर बस्नु पर्दैन ।’

यसैगरी उनले बजारमा बढ्दो तरलता अभावलाई न्यूनिकरण गर्न राष्ट्र बैंकले ९२ अर्ब रुपैयाँको पुनर्कर्जा स्वीकृत गरेको जानकारी दिए । ‘राष्ट्र बैंकले हिजो मात्रै पुनर्कर्जा स्वीकृत गरेको छ,’ उनले भने, ‘यसमध्ये ५२ अर्ब रुपैयाँ तत्काल बजारमा बठाउँछौ भने थप बाँकी रकम पनि यही महिना भित्र पठाउने छौं ।

प्रतिक्रिया दिनुहोस्
MBL