Logo

अमेरिकी डलरको मूल्य डेढ बर्षयताकै उच्च, यस्तो छ आजको विनिमय दर

अमेरिकी डलरको मूल्य डेढ बर्षयताकै उच्च, यस्तो छ आजको विनिमय दर



काठमाडौं । बुधबार अमेरिकी डलरको मूल्य पछिल्लो १७ महिना यताकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलरको मूल्य डेढ बर्षयताकै उच्च पुगेको हो । नेपालमा एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ०९ पैसा रहेको छ भने विक्रि दर १२१ रुपैयाँ ६९ पैसा रहेको छ ।

मंगलबारका लागि अमेरिकी डलर एक डलरको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा थियो । यसरी प्रतिदिन अमेरिकी डलरको मूल्य बढ्दा नेपालले आयात गर्ने सामान महंगो हुन्छ भने विदेशमा भएका नेपालीले पठाउने रेमिट्यान्स पनि बढेर आउँछ।

यसअघि २०७६ चैतमा अमेरिकी डलरको विनिमय दर १ सय २१ रुपैयाँ ६९ पैसा थियो । त्यसअघि २०७५ असोजमा एक अमेरिकी डलरको विनिमय दर १ सय २२ रुपैयाँ ६१ पैसा थियो ।

विदेशी मुद्राको आजको विनिमय दर :

प्रतिक्रिया दिनुहोस्
MBL