Logo

अम्बिका पौडेल नेतृत्वको पुँजी बजार सुदृढीकरण कार्यदलले भन्यो : संयमित भएर कारोबार गर्नु, सेयर नबेच्नु

अम्बिका पौडेल नेतृत्वको पुँजी बजार सुदृढीकरण कार्यदलले भन्यो : संयमित भएर कारोबार गर्नु, सेयर नबेच्नु



काठमाडौं । पछिल्लो समय बजार उच्च रुपमा घटिरहेको बेला लगानीकर्ताहरुको समुहले सेयर बिक्री नगर्न समग्र लगानीकर्ताहरुलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति समेत रहेका अम्बिका प्रसाद पौडेलको संयोजकत्वमा गठित पुँजी बजार सुदृढीकरण बृहत कार्यदलले एक विज्ञप्ती जारी गर्दै लगानीकर्ताहरुलाई आवश्यक नपरी सेयर बिक्री नगर्न आग्रह गरेको हो ।

साथै प्रतिकुल अबस्थामा लगानीकर्ताहरुलाई संयमित भएर कारोबार गर्न समेत उक्त कार्यदलले सुझाएको छ । कार्यदलले आज एक विज्ञप्ती जारी गर्दै अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुले तीन बर्ष अघि नै गर्छ भनेका ५८ बँदेका बाँकी कामहरु पुरा नहुँदा र यसवीचमा भएका कतिपय नीतिगत परिवर्तनका कारणले पूँजी बजारमा गंभीर संकट उत्पन्न भएको उल्लेख गरेको छ ।

यो संकट समाधानका लागि हामी लगानीकर्ताहरुको तर्फबाट पटक पटक पहल हुँदा समेत सरकार र सम्बद्ध पक्षबाट सम्बोधन नभएकाले करिव ४५ खर्ब पुगेको शेयर बजारले करिब १२ खर्ब गुमाई सकेको छ भने सरकारले अरबौ राजस्व र ४७ लाख भन्दा धेरै डीम्याट खाताधारीबाट १२ खर्ब भन्दा बढी सम्पति गुमीसकेको कार्यदललको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL