Logo

विश्व बैंकको सहयोगमा लुम्बिनी र गण्डकी प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना, अन्य ५ प्रदेशमा पनि संचालनमा ल्याईँदै

विश्व बैंकको सहयोगमा लुम्बिनी र गण्डकी प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना, अन्य ५ प्रदेशमा पनि संचालनमा ल्याईँदै



काठमाडौं । विश्व बैंकको आर्थिक सहयोगमा लुम्बिनी र गण्डकी प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा आएका छन् । उक्त प्लान्टहरु कोरोना महामारीका विरुद्ध लड्नका लागि विश्व बैंकले सहयोगको रुपमा अघि सारेको थियो । यसले प्रादेशिक अस्पतालहरुमा अक्सिजनको कमी हुन नदिने बताईएको छ ।

उक्त २ प्लान्टहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभागिय प्रमुख मदन कुमार उपाध्याय र माल्दीभ्स, श्रीलंका र नेपालका लागि विश्व बैंकका देशिय निर्देशक फरिस हदाद जर्भसले उद्घाटन गरेका हुन् । यी दुई प्लान्टजस्तै अन्य ५ प्रदेशहरुका प्रदेश अस्पतालहरुमा पनि अक्सिजन प्लान्ट उद्घाटन योजना रहेको छ । उक्त प्लान्टहरु यसैको २० तारिखमा उद्घाटन गरिने बताईएको छ ।

प्रादेशिक अस्पतालहरुमा अक्सिजन प्लान्ट बन्नाले सरकारी अस्पतालको क्षमता विस्तार भएको मन्त्री विरोध खतिवडाले जानकारी दिए ।
उनका अनुसार यी अक्सिजन प्लान्टहरुको सहयोगले भविष्यमा आईपर्ने भवितव्यसँग जुध्नसमेत ठुलो सहयोग पुर्याउनेछन् ।

उक्त अक्सिजन प्लान्टको रेखदेख, उत्पादनलगायतका कामहरु आगामी ३ बर्षका लागि युएनओपीले गर्नेछ । यस अवधिमा उसले आफुले निर्माण गरेका प्लान्टहरुबाट अक्सिजन उत्पादनसँगै रेखदेख र सम्बर्धन गर्ने बताईएको छ ।

यी प्लान्टको सहायताले अत्यावश्यक भएको स्थानसम्म अक्सिजन पुयाउने र विपदमा अक्सिजन अभावको कमी हुन नदिने विश्व बैंकका देशिय निर्देशक फरिस हदाद जर्भसले बताए । उनले आगामी दिनमा पनि नेपाललाई विभिन्न महामारीसँग जुध्नका लागि आवश्यक सहयोग गरिरहने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL