Logo

फागुनदेखि मनकामना केवुलकारले टप स्टेशनमा रिसोर्ट सञ्चालनमा ल्याउने, ३५ करोड लगानी

फागुनदेखि मनकामना केवुलकारले टप स्टेशनमा रिसोर्ट सञ्चालनमा ल्याउने, ३५ करोड लगानी



काठमाडौं । चितवन को–ई समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा संचालित नेपालकै पहिलो र सफल मनकामना केवुलकारले आजबाट संचालनको २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ ।

laxmi

यो अवसरमा कम्पनीले मनकामनामा यही वर्षको फागुनदेखि रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले केबलकारको टप स्टेशन नजिकै ९ रोपनी जग्गामा ४० कोठाको सुविधासम्पन्न स्तरीय रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो ।

रिसोर्टमा रेष्टुरेन्टसँगै एक सय सिट क्षमताको कन्फरेन्स हल रहने छ । रिसोर्ट निर्माणमा कुल ३५ करोड १८ लाख लाग्ने अनुमान गरिएको कम्पनीले जनकारी दिएको छ । उक्त रिसोर्ट करीब डेढ वर्षमा कार्य सम्पन्न गर्न लागिएको हो ।

यसबाट मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वमा थप विकास हुने, स्थानीय रोजगारी सृजना हुने, सो क्षेत्रको प्रत्यक्ष अप्रत्यक्ष सबैले प्रतिफल पाउने विश्वास लिइनुका साथै मनकामना क्षेत्रमा स्तरीय पर्यटकहरूको आवागमन एवं बसाई बढने कम्पनीले उल्लेख गरेको छ ।

विस २०५५ मंसिर ८ गतेबाट संचालनमा आएको केवुलकारले संचालनदेखि हालसम्म करीव १ करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय सेवा प्रदान गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL