Logo

नेशनल पेमेन्ट स्वीचमा जोडिए २९ बैंक वित्तिय संस्थाहरु, यी हुन् जोडिएका संस्था

नेशनल पेमेन्ट स्वीचमा जोडिए २९ बैंक वित्तिय संस्थाहरु, यी हुन् जोडिएका संस्था



काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि एनसीएचएल र २९ बैंक वित्तिय संस्थाहरुबीच सम्झौता भएको छ । एनसीएचएल तथा सम्बन्धित बैंक वित्तिय संस्थाका प्रतिनिधिहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा बिहीबार उक्त कार्यक्रममा सम्झौता पत्र आदानप्रदान गरेका हुन् ।

laxmi

कार्यक्रममा नेपाल राष्ट्र बैंकका बरिष्ठ डेप्युटी गभर्नर डाक्टर नीलम ढुङाना तिमिल्सिना, डेप्युटी गभर्नर बम बहादुर मिश्र, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ तथा नेपाल फाइनान्सियल इन्स्टिट्युसन संघका अध्यक्षहरु, नेपाल राष्ट्र बैंकका वरिष्ठ पदाधिकारीहरु, विभिन्न बैंक वित्तिय संस्था एवम भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवाप्रदायक संस्थाका प्रमुख कार्यकारीलगायतको उपस्थिती थियो ।

नेपाल सरकारको बजेट तथा मौद्रिक नीतीमा समेत उल्लेख भएबमोजिम नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागी नेपाल क्लियरिङ हाउसलाई गत आर्थिक वर्ष प्रारम्भिक स्वीकृती प्रदान गरिएको थियो । नेपाल राष्ट्र बैंकले यसको पहिलो चरणको कार्यान्वयनका लागि भने अन्तिम स्वीकृति २०७८ कात्र्तिक महिनामा प्राप्त गरेको थियो । यसै क्रममा नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागी हालसम्म १८ वटा वाणिज्य बैकहरु ५ वटा विकास बैंकहरु तथा ६ वटा फाइनान्स कम्पनीहरु गरी जम्मा २८ बैक वित्तिय संस्थाहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यसै गरी अन्य बैंक/वित्तिय संस्थाहरु, भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवाप्रदायकहरुलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउदै लैजाने कार्य योजना रहेको एनसीएचएलले जानकारी दिएको छ । कार्ड बाहेकका भुक्तानी प्रणालीबीच अन्तरआबद्धता कायम गर्दै डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरु प्रदान गरिने गरी पहिलो चरणका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेकोमा अब यस सम्झौता पश्चात यसको कार्यान्वयन अघि बढ्ने बताईएको छ ।

नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, वालेट–वालेट बीचअन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु उपलब्ध हुने छन् । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइका मार्फत बैंक वित्तिय संस्था तथा गैर बैंकिङ संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । त्यसै गरी दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको छ ।

नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनसँगै एनसीएचएलले नेपाल सरकार, नियामक तथा विभिन्न सरोकारवालाहरुसँग समन्वय गरी भुक्तानी प्रणाली तथा उपकरणको प्रयोगलाई थप सहज, सुलभ र सुरक्षित बनाउने बताईएको छ ।

National Payment Switch (Phase 1)

List of Banks & Financial Institutions joining NPS

(18th November, 2021)

S No.Bank Name
 Commercial Banks
1Agricultural Development Bank Ltd.
2Bank of Kathmandu
3Century Commercial Bank Ltd.
4Citizens Bank International Ltd.
5Everest Bank Ltd.
6Himalayan Bank Ltd.
7Laxmi Bank Ltd.
8Machhapuchhchre Bank Ltd.
9Mega Bank Ltd.
10Nabil Bank Ltd.
11NCC Bank Ltd.
12Nepal Bangladesh Bank
13NIC Asia Bank Ltd.
14NMB Bank Ltd.
15Prabhu Bank Ltd.
16Prime Commercial Bank Ltd.
17Sanima Bank Ltd.
18Sunrise Bank Ltd.
 Development Banks
19Garima Bikas Bank Ltd.
20Kamana Sewa Bikas Bank Ltd.
21Lumbini Bikash Bank Ltd.
22Mahalaxmi Bikas Bank
23Muktinath Bikas Bank Ltd.
 Finance Companies
24Central Finance Ltd.
25Goodwill Finance Ltd.
26ICFC Finance Ltd.
27Manjushree Finance Ltd.
28Reliance Finance Ltd.
29Samriddhi Finance Ltd.

प्रतिक्रिया दिनुहोस्
MBL