Logo

पेट्रोलियम पदार्थको मुल्य वृद्धिको असर, २ महिनामै आयात १४३ प्रतिशतले बढ्यो

पेट्रोलियम पदार्थको मुल्य वृद्धिको असर, २ महिनामै आयात १४३ प्रतिशतले बढ्यो



काठमाडौं । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेसँगै नेपालमा उक्त बस्तुको आयात उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पहिलो २ महिनाको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा आयात हुने पेट्रोलियम पदार्थ १४३ प्रतिशतले बढेको छ ।

laxmi

तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको पहिलो २ महिनामा ३ अर्ब ४१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । जबकि गत आबको सोही अबधिमा १ अर्ब ४० करोड रुपैयाँको मात्र आयात भएको छ । पेट्रोलियम पदार्थले नेपालमा आयात हुने बस्तुको १० प्रतशित हिस्सा ओगटेको छ ।

पछिल्लो समय नेपालमा आयात हुने पेट्रोलियम पदार्थको परिमाण र मुल्य दुबै बढ्दा आयात उच्च हुन पुगेको हो । गत आबमा अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य ज्यादै न्युन हुनुका साथै कोरोना पछिको लकडाउनले माग घट्दा आयात समेत घट्न पुगेको थियो । तर हाल अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेको र लकडाउन खुलेसँगै आर्थिक गतिविधि बढ्दा माग समेत बढेका कारण आयात उच्च हुन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL