Logo

तीनवटा सरकारी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?

तीनवटा सरकारी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?



काठमाडौं । सरकारी बैंकको रुपमा चिनिएका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकले कार्तिक १ गते सोमबारबाट लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

laxmi

यी बैंकहरुले आफुले सञ्चालन गर्दै आएका विभिन्न खातामा लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

यस्तो छ राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक १ गते, सोमबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ३.५५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ६ प्रतिशत देखि अधिकतम ९.५५ प्रतिशतसम्म तोकिएको छ । अघिल्लो महिना बैंकको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.०६ प्रतिशतसम्म मात्र थियो । यो महिना बैंकले करिब ०.५० प्रतिशतले निक्षेपमा ब्याजदर बढाएको हो ।

बैंकले ब्याजको आधारदरमा अधिकतम ३ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । असार मसान्तमा बैंकको ब्याजको आधारदर ५.४१ प्रतिशत कायम गरेको छ ।

त्यस्तै बैंकले प्राकृतिक व्यक्तिको आवधिक कर्जाका लागि स्थिर ब्याजदर समेत सार्वजनिक गरेका छ । जसअनुसार यस प्रकारको व्यक्तिगत कर्जामा न्यूनतम ८.५० प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।

यस्तो छ कृषि विकास बैंकको नयाँ ब्याजदर

कृषि विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक १ गते, सोमबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज व्यत्तिगत खातामा न्यूनतम ७.५० प्रतिशत देखि अधिकतम ९ प्रतिशतसम्म तोकिएको छ भने संस्थागत खाताहरुमा न्यूनतम ७ प्रतिशत देखि अधिकतम ९ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले ब्याजको आधारदरमा अधिकतम ५ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । असार मसान्तमा बैंकको ब्याजको आधारदर ७।११ प्रतिशत कायम गरेको छ ।

यस्तो छ नेपाल बैंकको नयाँ ब्याजदर

नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक १ गते सोमबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ४.५५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगत तथा संस्थागततर्फ ३ महिना भन्दा माथिको अवधिका लागि ८.०५ प्रतिशत तोकिएको छ ।

बैंकले विभिन्न कर्जा न्यूनतम ०.६० प्रतिशतदेखि अधिकतम ५.०२ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने भएको छ । त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ५.७३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL