Logo

साताको सेयर बजार : ४२ अर्बको कारोबार, तिव्र उत्तारचढाव

साताको सेयर बजार : ४२ अर्बको कारोबार, तिव्र उत्तारचढाव



काठमाडौं । धितोपत्र बजारमा यो साता सेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो ।

laxmi

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए । यस साता पाँच दिन नै सेयर कारोबार भयो । नेप्सेमा उतारचढाव देखिँदा कारोबार रकमसमेत असाध्यै कम हुन पुग्यो । कुल २३० कम्पनीको आठ करोड ६७ लाख आठ हजार आठ कित्ता सेयर ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार ५१० रुपैयाँ मूल्यमा खरिदबिक्री भयो ।

झन्डै रु २२ अर्ब बराबरको कारोबार हुने बजार रु ६ अर्ब ६४ करोडको हाराहारीमा सीमित भएको छ । साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो । साताको पहिलो दिन नै कारोबार सुरु भएपछि लगत्तै ओरालो लाग्न थालेको नेप्से बजार बन्द हुने क्रमसम्म पनि ओरालो यात्रामा नै रह्यो ।

त्यस दिन कारोबार सुरु भएको एक घण्टामा नै झन्डै १०० अङ्कले ओरालो लागेको नेप्से पाँच प्रतिशतभन्दा बढीले घट्दा करिब ४० मिनेटसम्म बजार नै बन्द भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से १०८ दशमलव २६ ओरालो लागेर दुई हजार ८१८ दशमलव ७२ विन्दुमा ओर्लिएको थियो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९ दशमलव ७६ विन्दुले घटेर ५२२ दशमलव ०१ मा ओर्लियो । कुल दुई सय २३ कम्पनीको दुई करोड ३० लाख ७९ हजार आठ सय ३२ कित्ता सेयर रु ११ अर्ब २४ करोड तीन लाख ९१ हजार ४५ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४४ अर्ब ९५ करोड ३९ लाख १० हजार बराबर पुग्यो ।

कारोबार भएका कुल १३ उपसमूहको शेयर नै ओरालो लागे । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्षस्थानमा रही रु ७० करोड ३३ लाख ३० हजार दुई सय आठ बराबरको हिसाब देखियो । त्यस दिन झन्डै डेढ दर्जन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । साताको दोस्रो दिन सोमबार आइतबारको ठीक विपरीत नेप्सेमा उछाल देखियो । कुल ४५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से सोमबार ‘बाउन्स ब्याक’ भयो । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका सम्बन्धमा देखिएको अन्योलतामा समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेको समाचार सार्वजनिक भएपछि बजारले पुनः गति समातेको थियो ।

त्यस दिन नेप्से १६१ दशमलव ९४ विन्दुले उकालो लागेर दुई हजार ९८० दशमलव ७८ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३१।४१ विन्दुले उकालो लागेर ५५३ दशमलव ४० मा पुग्यो । कुल दुई सय २४ कम्पनीको एक करोड ७९ लाख २२ हजार पाँच सय ८८ कित्ता सेयर एक लाख नौ हजार एक सय ८२ पटक कारोबार भयो । नेप्सेका अनुसार कुल रु नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार आठ सय सात मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कुल १३ उपसमूहको सेयर उकालो लाग्यो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ७१ अर्ब ५८ करोड ८० लाख ८२ हजार एक सय एक मूल्यमा खरिद–बिक्री भए ।

साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचक पनि उच्च अङ्कले ओरालो लाग्यो । त्यस दिन नेप्सेमा ४४ दशमलव १८ विन्दुले ओरालो लागेर दुई हजार ९३६ दशमलव ६० मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ०५ विन्दुले घटेर ५४८ दशमलव ३५ मा ओर्लियो । कुल दुई सय २२ कम्पनीको एक करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर ८६ हजार पाँच सय आठ पटक सेयर कारोबार भए । नेप्सेका अनुसार कुल रु सात अर्ब ४९ करोड ५८ लाख १२ हजार एक सय ६१ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्यो । नेप्सेका अनुसार कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ६१ करोड ९२ लाख ९१ हजार ६ सय ९२ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार सानिमा लाइफ इन्सुरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

साताको चौथो दिन बुधबार नेप्से परिसूचक पनि उच्च अङ्कले घट्यो । त्यस दिन नेप्से ६० दशमलव ०२ अङ्कले ओरालो लागेर दुई हजार ८७६ दशमलव ५९ मा ओर्लियो । त्यस दिन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव ९१ विन्दुले ओरालो लागेर ५३६ दशमलव ५१ मा पुग्यो । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि बुधबार घट्यो । कुल दुई सय २५ कम्पनीको एक करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता सेयर रु छ अर्ब ६४ करोड ६६ लाख २३ हजार चार सय २७ मूल्यमा खरिद–बिक्री भए । कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्षस्थानमा रह्यो ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अङ्कले ओरालो लाग्यो । नेप्से ० दशमलव ६२ अङ्कले ओरालो लागेर दुई हजार ८७५ दशमलव ९७ मा ओर्लियो । त्यस दिन ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १ दशमलव ५३ अङ्कले ओरालो लागेर ५३५। दशमलव ९ मा ओर्लियो । कुल दुई सय ३० कम्पनीको एक करोड ४४ हजार ७४ हजार आठ सय ५५ कित्ता सेयर रु सात अर्ब पाँच करोड सात लाख ७० हजार ७० मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर उकालो लाग्यो भने नौ उपसमूहको शेयर ओरालो लाग्यो । साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब २४ अर्ब ९३ करोड ३८ लाख ६१ हजार एक सय ७३ बराबर पुगेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL